पोलबामा तीनजनाको सड़क दुर्घटनामा मृत्यु
पोलबामा तीनजनाको सड़क दुर्घटनामा मृत्यु


हुगली, 16 मार्च (हि.स.)। पोलबा थाना अन्तर्गत सोनादार मैदान छेउ चुचुड़ा-तारकेश्वर रोडमा सोमवार सबेरै भएको एक सड़क दुर्घटनामा तीनजना मानिसहरूको मृत्यु भयो भने कार चालक गम्भीर रूपमा घाइते भयो। मृतकहरूको पहिचान योगिता राणा (21), निवासी हरियाणा, ज्योति विश्वास (21), निवासी रानाघाट औ शेख हासिब अहमद, निवासी दादपुरको रूपमा भएको छ।

पुलिस र स्थानीय सूत्र अनुसार दादपुरदेखि चुचुड़ा फर्किरहेको एउटा द्रूत गतिको कार सड़क पार गरिरहेको एउटा कुकुरसित ठोक्कियो जसले गर्दा चालकले नियन्त्रण गुमायो। फलस्वरूप वाहन सड़क किनारको एउटा रूखसित ठोक्कियो। यस भयानक ठक्करमा कार पूर्ण रूपले क्षतिग्रस्त भयो। कारमा चार जना मानिसहरू सवार भएका थिए जसमा दुईजना युवतीहरू पनि सामेल थिए जसले दादपुरको एक पानशालामा काम गर्थे। यस घटनामा कार चालक सैयद सागिर हुसैन गम्भीर रूपमा घाइते भए जसलाई चुचुड़ास्थित इमामबाड़ा जिल्ला अस्पतालमा भर्ती गरिएको छ जहाँ उसको अवस्था गम्भीर रहेको बताइएको छ।

पुलिस मुताविक दुर्घटनाअघि यिनीहरू सबै गुरापस्थित एक ढाबामा भोजन गरेर चुचुड़ा फर्किरहेका थिए। बाटोमा कार द्रूत गतिमा गुड़िरहेको थियो अचानक सड़क पार गरिरहेको कुकुरलाई बचाउने प्रयासमा चालकले नियन्त्रण गुमायो।

प्रियव्रत बक्सी, डीएसपी (डी एण्ड टी), हुगली ग्रामीण पुलिसले बताए, सूचना पाएर गस्ती पुलिस तुरून्तै घटनास्थलमा पुग्यो अनि चारमा फसेका चारैजना मानिसहरूलाई बाहिर निकालेर अस्पतालमा पुऱ्यायो। उनले बताए, दुर्घटनामा तीनजना मानिसहरूको मृत्यु भएको छ भने चालकको उपचार भइरहेको छ। पुलिसले मामिला दर्ता गरी दुर्घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande