
गुवाहाटी, 16 मार्च (हि.स.)। असममा विधानसभा चुनाउपूर्व राजनीतिक गतिविधिहरू तीव्र गतिमा अगाड़ि बढ़िरहेको छ। यसै क्रममा पूर्व विधायक एवं असम गण परिषद (अगप)- का वरिष्ठ नेता भूपेन राय सोमवाले सोमवार औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा)- को झण्डा समाते। गुवाहाटीस्थित असम प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित एक संक्षिप्त कार्यक्रममा प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले उनलाई पार्टीको सदस्यता दिलाए।
भाजपामा सामेल भएपछि प्रदेश अध्यक्ष दिलीप सौकियाले भूपेन राय सोमवालाई स्वागत गर्दै उनको उज्जवल राजनीतिक भविष्यको कामना गरे। उनले भने, पार्टीको विचारधारा, नीति तथा आदर्शहरू अनुरूप काम गर्दै संगठनलाई अझ सुदृढ़ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
यस अवसरमा असम सरकारका मन्त्री जयन्त मल्ल बरुवा र सांसद प्रदान बरुवा समेत अन्य भाजपा नेताहरू उपस्थित थिए। सबै नेताहरूले भूपेन राय पर्टीमा सामेल हुनुलाई संगठनको लागि सकारात्मक कदम बताए।
राजनीतिक गल्लीहरूमा चर्चा छ, भूपेन राय सोमवालाई अभयापुरी विधानसभा क्षेत्रबाट भाजपाको उम्मेद्वार बनाउनसक्छ। तथापि पार्टीको पक्षबाट अहिले नै यस सम्बन्धमा आधिकारिक घोषणा गरिएको छैन।
सूत्र अनुसार विधानसभा चुनाउ जति-जति नजिकिँदै जान्छ उति-उति अन्य दलका नेताहरू पनि भजपामा सामेल हुनका लागि पार्टीका वरिष्ठ नेताहरूको सम्पर्कमा छन्। यसले गर्दा आगामी दिनमा असमको राजनीतिमा ठूलो खैलाबैला हुने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा