
गुवाहाटी, 16 मार्च (हि.स.)। असमका मुख्य निर्वाचन अधिकारी अनुराग गोयलले सोमवार घोषणा गरे, आगामी असम विधानसभा चुनाउ-2026 को लागि नामांकन दर्ता गर्ने प्रक्रिया आजदेखि शुरू भएको छ भने आगामी 23 मार्चसम्म जारी रहनेछ। उम्मेद्वारहरूले आफ्नो नामांकन पत्र सम्बन्धित उपायुक्त कार्यालयमा बिहान 11 बजेदेखि अपरन्ह 01 बजेबीच जमा गराउन सक्नेछन्।
अनुराग गोयलले पुलिस महानिरीक्षक (आईजी) औ राज्य पुलिस नोडल अधिकारी अखिलेश कुमार सिंहसित जनता भवनमा आयोजित सम्वाददाता सम्मेलनमा चुनावी तयारीहरू बारे जानकारी गराए। उनले बताए, चुनाउ कार्यक्रम अनुसार नामांकन पत्रहरूको जाँच आगामी 24 मार्चमा हुनेछ जबकि उम्मेद्वारहरूले फिर्ता लिने अन्तिम तिथि 26 मार्च तय गरिएको छ। चुनाउ प्रचार आगामी 7 अप्रेलको साँझ 5 बजेसम्म गर्न सकिनेछ भने मतदान 9 अप्रेलमा हुनेछ।
अनुराग गोयलले बताए, असममा मोठ 2,50,21,413 मतदाताहरू पञ्जीकृत छन् जसमा 1,25,16,591 पुरुष र 1,25,04,501 महिला मतदाता सामेल छन्। महिला मतदाताहरूको अंशदारी 49.97 प्रतिशत छ जबकि तृतीय लिंग श्रेणीका 321 मतदाताहरू पञ्जीकृत छन्।
मतदान केन्द्रहरूको संख्याको दृष्टिले मानकाचरमा सबैभन्दा अधिक 402 मतदान केन्द्रहरू छन् भने तोतोमामा सबैभन्दा कम 146 मतदान केन्द्र बनाइएको छ।
चुनाउ आयोगले बतायो, शान्तिपूर्ण तथा निष्पत्र चुनाउ सुनिश्चित गर्नको लागि सारा राज्यमा पुलिस बलहरूको लगभग 200 कम्पनीलाई तैनाथ गरिनेछ। राज्य एवं जिल्लाका सीमाहरूमा कड़ा सुरक्षा व्यवस्था लागू गरिनेछ। चुनाउ अवधि सीसीटीभीको माध्यमबाट निगरानी राखिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा