
दक्षिण 24 परगना, 17 मार्च (हि.स.)। भांगड़ क्षेत्रका पूर्व विधायक आराबुल इस्लामले सोमवार भने, पार्टीले उनलाई बुझेन, त्यसैले उनले तृणमूल कंग्रेसबाट राजीनामा दिरहेका छन्। यद्यपि अहिलेसम्म उनले राजीनामा दिएको कुनै औपचारिक पुष्टि भने गरेको छैन।
मीडियासित बातचित गर्दै आराबुल इस्लामले भने, मलाई पार्टीले बुझेन। मैले पाँच पटकसम्म मुद्दा झेलें, तीन पटक निलम्बनको सामना गरिसकेको छु। यस्तै दुःखदायी विषयले गर्दा आज मैले तृणमूलबाट राजीनामा दिने फसेला गरिरहेको छु।
राजनीतिक सूत्र अनुसार पछिल्लो केही वर्षमा निलम्बन तथा निष्कासनका घटनाहरूले गर्दा आराबुल इस्लाम पार्टीदेखि टाँडिँद गएका थिए। एक समयमा भांगड़को राजनीतिमा उनको विशेष प्रभाव मानिन्थ्यो।
सूत्र अनुसार यसपालि भांगर सीटबाट अल इण्डिया सेक्युलर फ्रण्ट (आईएसएफ)-लाई चुनौती दिनको लागि तृणमूल नेता शौकत मोल्लालाई अगाड़ि बढ़ाउनसक्छ। तथापि पार्टीको पक्षबाट अहिलेसम्म पनि यस सम्बन्धमा आधिकारिक पुष्टि गरिएको छैन। हिजोआज केेही विवादहरूमा घेरिएको तथा शौकत मोल्लासित विवाद रहेको कारणले आराबुल इस्लामको पार्टीमा महत्व घटेको थियो। पञ्चायत चुनाउपछि पनि उनले शौकत मोल्लाविरूद्ध रोष व्यक्त् गरेका थिए। आराबुल इस्लाम चाँड़ै आईएसएफमा सामेल हुने राजनीतिक हल्ला चलिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा