भाजपा उम्मेद्वारहरूको सूची 18 मार्चमा जारी हुने सम्भावना
भाजपा उम्मेद्वारहरूको सूची 18 मार्चमा जारी हुने सम्भावना


गुवाहाटी, 16 मार्च (हि.स.)। असमको सत्ताधारी पार्टी भारतीय जनता पार्टी (भाजपा) एवं एनडीए उम्मेद्वारहरूको सूची आगामी 18 मार्चमा जारी हुने सम्भावना व्यक्त गरिएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मीडियासित बातचित गर्द उक्त आशयको जानकारी दिएका हुन्।

यता प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले पनि यस्तै किसिमको संकेत दिएका छन्। विधानसभा चुनाउ-2026 को तिथि घोषणा भएपछि सम्भावित उम्मेद्वारहरूले टिकटको आशामा खुलेर प्रचार अभियान पनि गर्न सकिरहेका छैनन्।

भाजपा सूत्र अनुसार एकै दिनमा भाजपा समेत मित्र दलहरूका उम्मेद्वारहरूको नाम पनि घोषणा गरिनेछ। मानिँदैछ, एउटै चरणमा यसपालि राज्यमा चुनाउ सम्पन्न भइरहेको छ, यस स्थितिमा राज्यका 126 वटा विधानसभा सीटहरूको लागि उम्मेद्वारहरूको नाम पनि आगामी 18 मार्चमा दिल्लीमा हुन गइरहेको संसदीय कमिटीको बैठकपछि साँझ घोषणा गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande