
गुवाहाटी, 16 मार्च (हि.स.)। भारत निर्वाचन आयोगले सेवानिवृत्त आईएएस मञ्जीत सिंहलाई असम विधानसभाको आम चुनाउ- 2026 को लागि विशेष पर्यवेक्षक नियुक्त गरेको छ।
भारत निर्वाचन आयोगको पक्षबाट अवर सचिव एमएल मिणाद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, भारतको संविधानको अनुच्छेद 324 अन्तर्गत प्राप्त शक्तिहरूको प्रयोग गर्दै भारत निर्वाचन आयोगले असम विधानसभाको लागि हालैमा घोषित आम चुनाउ-2026 को सम्बन्धमा आफ्नो विशेष पर्यवेक्षक नियुक्त गरेको छ।
असमको विधानसभाको लागि आम चुनाउ- 2026 को मतदान तयारी तथा चुनाउ संचालनको निरीक्षण गर्नको लागि समय-समयमा मढ्जीत सिंहले असमको भ्रमण गर्नुपर्छ अनि आवश्यक कारबाहीको लागि आयोगलाई आफ्नो सुझाउ दिनुपर्छ।
यसको साथै मञ्जीत सिंहले असमका मुख्य निर्वाचन अधिकारी (सीईओ)- को समन्वयबाट असमको दौड़ाह गर्नेछन्। यस सम्बन्धमा सबै आवश्यक सामग्री, सुविधा, प्रोटोकल आदि असमका मुख्य निर्वाचन अधिकारीद्वारा उपलब्ध गराइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा