
गुवाहाटी, 16 मार्च (हि.स.)। भारत निर्वाचन आयोगद्वारा असमका मुख्य सचिवलाई असम विधानसभाको आम चुनाउ- 2026 को सम्बन्धमा अधिकारीहरूको स्थानान्तरण एवं पदस्थापनको सम्बन्धमा सोमवार एउटा आदेश जारी गरिएको छ। सचिव राजीव रञ्जनले आफ्नो आदेशमा भनेका छन्, आयोगले असम विधानसभाको आम चुनाउ-2026 को लागि चुनाउ तयारीहरूको समीक्षा गरेको छ। समीक्षा अन्तर्गत केही अधिकारीहरूलाई स्थानान्तरण एवं पदस्थापना गर्ने निर्देश दिइएको छ।
आदेश अन्तर्गत सोमालिन शुभदर्शिनीलाई माजुली जिल्लाको एसएसपी, आर. शीतल कुमारलाई एसएसपी दक्षिण सलमारा, अञ्चल चौहानलाई एसएसपी सादिया, सुधाकर सिंहलाई एसएसपी चिरांग एवं मोहन लाल मिणालाई एसएसपी धेमाजीको रूपमा तैनाथ गर्ने निर्देश दिइएको छ।
आयोगको निर्देशलाई तत्काल लागू गर्ने अनि उपरोक्त अधिकारीहरूको कार्यभार ग्रहण गर्ने सम्बन्धमा एक अनुपालन रिपोर्ट 17 मार्चको बिहान 11 बजेसम्ममा पठाउन भनिएको छ। यसको साथै निर्देशमा यो पनि भनिएको छ, स्थानान्तरण गरिएका अधिकारीहरूलाई चुनाउ सम्पन्न हुञ्जेलसम्म कुनै पनि चुनाउ सम्बन्धि पदमा तैनाथ गरिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा