असम विस चुनाउ: एपीएचएलसीले आफ्ना दुई उम्मेद्वारहरूको सूची जारी गऱ्यो
असम विस चुनाउ: एपीएचएलसीले आफ्ना दुई उम्मेद्वारहरूको सूची जारी गऱ्यो


गुवाहाटी, 16 मार्च (हि.स.)। कंग्रेस गठबन्धनमा सामेल क्षेत्रीय पार्टी अल पार्टी हिल लिडर्स कन्फ्रेन्स (एपीएचएलसी) -ले आफ्ना दुईजना उम्मेद्वारहरूको सूची जारी गरेको छ। ज्ञात रहोस्, कंग्रेस गठबन्धनमा चार वटा पार्टीहरू सामेल छन जसमा कंग्रेस, एजेपी, एपीएचएलसी एवं वामपन्थी पार्टी सामेल छन्।

एपीएचएलसीले डिफू र आमरी विधानसभा क्षेत्रमा आफ्नो उम्मेद्वारलाई चुनावी मैदानमा उतारेको छ। डिफू विधानसभा क्षेत्रबाट एपीएचएलसीका अध्यक्ष जोन इंग्ति कथार औ आमरी विधानसभा क्षेत्रबाट बिक्रम हाजेंगले चुनाउ लड़्नेछन्।

असम विधानसभा चुनाउको लागि केही पार्टीहरूले आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेका छन् भने कतिपय पार्टीहरू अहिले पनि उम्मेद्वारहरूको चयनमा अल्झिरहेका छन्। यसै क्रममा कंग्रेस गठबन्धनमा सामेल क्षेत्रीय पार्टी एपीएचएलसीले आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande