
बीरभूम, 16 मार्च (हि.स.)। जिल्लामासोमवारएउटा ढुङ्गा खानी धसिएको घटनामा दुईजना श्रमिकहरूको मृत्यु भयो भने केही श्रमिकहरू गम्भीर रूपमा घाइते भए। यो दुर्घटना मुरारई थाना अन्तर्गत गोपालपुर क्षेत्रमा भएको हो।
स्थानीय सूत्रअनुसार दुर्घटना भएको खदानको मालिक बीरभूम जिल्ला परिषदका कर्माध्यक्ष सिराजुल इस्लाम रहेको बताइएको छ। सोमवार खदानकाम काम भइरहेको थियो, अचानक माटो र ढुङ्गा धसियो। त्यसबेला त्यहाँ लगभग 12-14 जना श्रमिकहरूले काम गरिरहेका थिए भने अधिकांश श्रमिकहरू ढुङ्गाहरूको चपेटेमा परे।
स्थानीय मानिसहरूको सहयोगले श्रमिकहरूलाई अवशेषहरूबाट बाहिर निकालियो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई तुरून्तै अस्पतालमा पठाइदियो। प्रशासनिक सूत्र मुताविक घाइतेहरूमध्ये धेरैजनाको अवस्था गम्भीर छ जसले गर्दा मृतकहरूको संख्या बढ़्नसक्छ।
उल्लेखनीयछ, यसअघि पनि पछिल्लो वर्षको सेप्टेम्बर महिनामा नलहाटी क्षेत्रस्थित एउटा खानीमा यसरी नै दुर्घटना भएको थियो जसमा पाँचजना श्रमिकरूको मृत्यु भएको थियो। सोमवारको घटनापछि राजनीतिक बयानबाजी पनि शुरू भएको छ। भारतीय जनता पार्टी (भाजपा)-ले खदान मालिक तथा तृणमूल नेतालाई पक्राउ गर्ने माग गरेको छ।
भाजपाकोबीरभूम जिल्लाकापूर्व अध्यक्ष ध्रुव साहाले आरोपलगाए, यो खदान अवैध हो र चुनाउ आचार संहिता लागू भए पनि यहाँ काम भइरहेको थियो। उनले पुलिससित तत्काल कारबाही गर्ने माग गरे।
अर्कोतिर तृणमूल कंग्रेसका एकजना नेताले भने, पार्टीले यस मामिलामा जानकारी जुटाइरहेको छ। हाल प्राथमिकता भनेको घाइतेहरूको स्थिति र राहत काकर्यमाथि ध्यान दिनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा