डीएमले चुनाउको मिति घोषणा भएपछि सर्वदलीय बैठक गरे
डीएमले चुनाउको मिति घोषणा भएपछि सर्वदलीय बैठक गरे


आसनसोल, 16 मार्च (हि.स.)। पश्चिम बंगालको विधानसभा चुनाउको मिति घोषणा भएपछि सोमवार पश्चिम बर्दवान जिल्लाका जिल्लाधिकरी एस पोन्नवलमको अध्यक्षतामा एक सर्वदलीय बैठक आयोजना गरियो। बैठकमा सबै मान्यता प्राप्त राजनीतिक दलहरूका प्रतिनिधिहरूले भाग लिए। यहाँ आसनसोल दुर्गापुर पुलिस कमिश्नररेटका आयुक्त सुनिल कुमार चौधरी, एसडीओ विश्वजित भट्टचार्य सहित प्रशासनका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

बैठक बारे जानकारी गराउँदै जिल्लाधिकारी एस पोन्नमडलमले बताए, आगामी 30 अप्रेलमा अधिसूचना जारी गरिनेछ। 6 मईसम्ममा नामांकन पत्र जमा गरिनसक्छ। 9 मईसम्म उम्मेद्वारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। 23 अप्रेलमा मतदान हुनेछ अनि 4 मईमा परिणाम घोषणा हुनेछ।

जिस्लाधिकारीले बताए, यसपालि जिल्लामा 2504 वटा बूथहरू छन्। मतदाता संख्या 1200 भन्दा अधिक रहेको बूथलाई ओक्सुलरी बूथ बनाइनेछ। चुनााउ आयोगको स्वीकृति प्राप्त भएपछि जिल्लामा बूथहरूको संख्या 2588 पुग्नेछ। उनले बताए, 15 मार्चसम्ममा जिल्लामा मतदाताहरूको संख्या 18 लाखभन्दा अधिक थियो। उनले विचाराधिन तालिकाको बारेमा केही भन्न अस्वीकार गरे। उनले भने, यो पूर्ण रूपले अदालतको मामिला हो र यसमाथि कुनै टिप्पणई गर्न चाहँदिनँ।

तृणमूल कंग्रेसका प्रतिनिधि आकाश मुखर्जीले भने, मुख्य चुनाउ आयुक्तले पश्चिम बंगालमा चुनाउको मिति घोषणा गरेकाछन्, तर अहिलेसम्म मतदाता सूचीको अन्तिम प्रकाशन भएको छैन। उनले स्पष्ट पारे, जबसम्म सबै वैध मतदाताहरूको नाम अन्तिम सूचीमा सामेल हुँदैन तबसम्म तृणमूल कंग्रेस हात बाँधेर बस्नेछैन। पार्टीका शीर्ष नेतृत्व ममता ब्यनर्जी र अभिषेक ब्यनर्जीको निर्देशमा सबै तृणमूल नेता तथा कार्यकर्ताहरूले यस अन्यायमाथि विरोध जारी राख्नेछन्।

कंग्रेसका प्रतिनिधि औ कंग्रेस जिल्लाध्यक्ष देवेश चक्रवर्तीले भने, मतदाता सूचीको अन्तिम प्रकाशन नगरी चुनाउको मिति घोषणा गर्नु अत्यन्त अन्यायपूर्ण हो। यसबाट ती वैध मतदाताहरूसित अन्याय हुन्छ जो पुर्खौंदेखिको पश्चिम बंगालमा बस्दै आएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande