किश्तवाड़मा व्यापक हिमपातबीच पैह्रोले पुरेर एकजनाको मृत्यु, 235 जनालाई बचाइयो
किश्तवाड़मा व्यापक हिमपातबीच पैह्रोले पुरेर एकजनाको मृत्यु, 235 जनालाई बचाइयो


जम्मू, 16 मार्च (हि.स.)। किश्तवाड़ जिल्लाको हिमाली क्षेत्र सिंथन टपमा भएको भारी हिमपातको कारणले फसेका महिला एवं बाल-बालिकाहरू सहित 235 जना मानिसहरूलाई बाहिर निकालिएको छ। जलविद्युत परियोजना निकट गएको पैह्रोमा एकजना व्यक्तिको मृत्यु भयो भने एकजना घाइते भए। किश्तवाड़ र निकटवर्ती डोडा जिल्लाको नगरनिगम सीमा बाहिरका सबै शैक्षणिक संस्थानहरूलाई सोमवारको लागि बन्द गर्ने आदेश जारी गरिएको छ।

किश्तवाड़ जिल्लाको डांगडुरु छेउमा आइतवार-सोमवारको मध्य राती एक जलविद्युत परियोजना स्थलमा वर्षाको कारणले पैह्रो गयो जसमा दुईजना कर्मचारीहरू फसे। पछि एकजनालाई मृत पाइयो भने दोस्रोलाई घाइते अवस्थामा अस्पतालमा भर्ती गरियो। यस्त अर्को घटनामा पुलिस, सेना औ नागरिक प्रशासनको एक संयुक्त बचाउ अभियानले जम्मू क्षेत्रको किश्तवाड़लाई दक्षिण कश्मीरको अनन्तनाग जिल्लासित जोड़्ने सिंथन टपमा भएको भारी हिमपातबीच 235 जना यात्रीहरूलाई लिएर गइरहेका 38 वटा वाहनहरूलाई सफलतापूर्वक सुरक्षित निकालियो।

निरन्तर हिमपात भइरहेको भए पनि द्रूत गतिमा बचाउ अभियानलाई शुरू गर्नको लागि व्हाइट नाइट कोरका सैनिकहरूलाई तैनाथ गरियो। प्रतिकूल मौसम तथा हिमपातको कारणले अवरूद्ध सड़कलाई पार गर्दै बचाउ दल सिंथन टपमा पुग्यो अनि फसेका नागरिकहरूलाई तातो भोजन, पिआुने पानी र आश्रय प्रदान गऱ्यो। मेडिकल टीमहरूले आवश्यकतमा रहेका मानिसहरूलाई सहायत एवं आवश्यक औषधि प्रदान गरे। यस मिशनमा सेना, जम्मू-कश्मीर पुलिस औ राष्ट्रिय राजमार्ग एवं बुनियादी ढांचा विकास निगमबीच सहज समन्वय देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande