
मेदिनीपुर, 16 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउलाई लिएर राजनीतिक हावा गर्मिरहेको बेला पूर्व मेदिनीपुर जिल्लाको खेजुरी विधानसभा क्षेत्रमा तृणमूल कंग्रेसकासम्भावित उम्मेदवारको नामलाई लिएर चर्चा शुरू भएको छ। पार्टीद्वारा आधिकारिक घोषणा गरिन अगावै क्षेत्रका विभिन्न स्थानहरूमा तृणमूल उम्मेदवारको रूपमा रबीन चन्द्र मण्डलको नाममा भित्ते लेखन शुरू भएको देखियो।
सोमवार बिहान भित्ते लेखनको तस्वीर प्रकाशमा आएपछि क्षेत्रमा राजनीतिक खैलाबैला बढ़िरहेको छ। चौरस्तादेखि लिएर चिया दोकानसम्म यस विषयमा चर्चा भइरहेको छ। तथापि यस सम्बन्धमा रबीन चन्द्र मण्डलले आफू अनभिज्ञ रहेको बताएका छन्।
उनले भने, अत्यधिक उत्साहमा कसले मेरो नाममा भित्ता लेखन शुरू गऱ्यो, अहिेलेसेम्म मलाई कुनै जानकारी छैन।
हाल पार्टीको पक्षबाट उम्मेद्वारको नाम आधिकारिक रूपमा घोषणा गरिएको छैन, तर भित्ते लेखनलाई लिएर खेजुरी विधानसभा क्षेत्रमा विभिन्न अड़कलहरू लगाइरहेको छ।
भाजपाका एकजना स्थानीय नेताले तृणमूलमाथि कटाक्ष गर्दै भने, तृणमूलमा आन्तरिक गुटबाजी प्रष्ट रूपमा देखिँदैछ। त्यसैले भित्ते लेखनबाट उनीहरूको आपस्तको विवाद अनि तानातान उजागार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा