एलपीजीलाई लिएर मानिसहरूको आक्रोशको पारा चढ़्यो, जीटी रोडलाई जाम गरेर एजेन्सीको विरोधमा प्रदर्शन
एलपीजीलाई लिएर मानिसहरूको आक्रोशको पारा चढ़्यो, जीटी रोडलाई जाम गरेर एजेन्सीको विरोधमा प्रदर्शन


आसनसोल, 16 मार्च (हि.स.)। आसनसोलको एलआईसी मोड़स्थित एक ग्यास एजेन्सी (एचपी)- का ग्राहकहरूले सोमवार आसनसोल जीटी रोडलाई जाम गरेर प्रदर्शन गरे।

आसनसोलदेखि पुरुलिया र झारखण्ड जाने मुख्य सड़कमा मानिसहरूले ग्यास सिलेण्डर राखेर पथावरोध गरे। यसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। ग्यासको कथित संकटबाट असन्तुष्ट मानिसहरूले सड़क जाम गरेर ग्यास एजेन्सीविरूद्ध व्यापक नाराबाजी गरे।

प्रदर्शन गरिरहेका मानिसहरूले आरोप लगाए, ग्यास एजेन्सीले पछिल्लो 15-20 दिनदेखिकै उनीहरूलाई लगातार टारिरहेको छ। एजेन्सीले बारम्बार यो भनिरहेको छ- “दुई दिनमा ग्यास पाइन्छ, तर मानिसहरू दुई दिनपछि ग्यास लिन पुग्दा त्यहाँ कुनै पनि कर्मचारी हुँदैन, एजेन्सीले फोन पनि उठाउँदैछ।

स्थानीयहरूको भनाइ छ, पछिल्लो केही दिनदेखिको ग्यास सिलेण्डरको लागि उनीहरूलााई बारम्बार एजेन्सीमा धाउन परिरहेको छ। तर पनि सिलेण्डर पाइरहेको छैन। यसैबाट असन्तुष्ट भएर मानिसहरूले बाध्यतावश सड़क जाम गरी विरोध प्रदर्शन शुरू गरेका हुन्।

अर्कोतिर घटनाको सूचना पाउनसाथ आसनसोल साउथ पुलिस फाड़ीको फुलिस घटनास्थलमा पुग्यो अनि प्रदर्शनकारीहरूलाई सम्झाउनको साथै स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिस प्रशासनले ग्राहकहरूलाई आश्वासन दियो, यदि आगामी 10 दिनभित्रमा बुकिंग गरिएको ग्यास ग्राहकहरूलाई दिइएन भने एजेन्सीमा ताला लगाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande