
सिलगढ़ी, 16 मार्च (हि.स.)। नक्सलबाड़ी थाना पुलिसले एक किलोग्रामभन्दा बढ़ी ब्राउन शुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको पहिचान मालदा जिल्लाको वैष्णवनगर निवासी अबुल कासिम (27) को रूपमा गरिएको छ।
जानकारी अनुसार, उक्त युवक आइतवार राति मालदाबाट रेलमा नक्सलबाड़ी आइपुगेको थियो। नक्सलबाड़ीको रथखोला क्रसिङमा शंकास्पद रूपमा हिँड़िरहेको देखेपछि पुलिसलाई शंका लाग्यो। यसपछि खोजी गर्दा उसको झोलाबाट 11 वटा प्लास्टिक कन्टेनर जफत भयो। कन्टेनरहरू खोल्दा एक किलोग्रामभन्दा बढ़ी तौलको ब्राउन शुगर जफत भयो। लागूऔषध जफत भएपछि पुलिसले आरोपी युवकलाई लागूऔषध तस्करीको आरोपमा पक्राउ गऱ्यो।
प्रारम्भिक अनुसन्धानमा उले सीमा क्षेत्रमा पुर्याऱउने उद्देश्यले मालदाबाट लागूऔषध ल्याएको खुलासा भएको छ। नक्सलबाड़ी थाना पुलिसले थप अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी