बाँकुड़ामा विधायकको विरोधमा भाजपा कार्यकर्तहरूको प्रदर्शन
बाँकुड़ामा विधायकको विरोधमा भाजपा कार्यकर्तहरूको प्रदर्शन


बाँकुड़ा, 16 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको लागि मतदानको मिति घोषणा हुनसाथ भाजपाभित्र गुटबाजी बढ़िरहेको संकेत देखिएको छ। पार्टीले अहिलेसम्म उम्मेद्वारहरूको सूची जारी गरेकै छैन, बाँकुड़ा जिल्लाका दुई विधानसभा क्षेत्रका सड़कमा उत्रेका छन्। उनीहरूको उद्देश्य थियो, शालतोड़ा र छातना विधानसभाका वर्तमान भाजपा विधायक पुनः उम्मेद्वार नबनुन्।

उल्लेखनीय छ, भाजपाले पछिल्लो विधानसभा चुनाउमा बाँकुड़ाका 12 वटा सीटमध्ये 8 वटा सीट जितेको थियो। तर लोकसभा चुनाउमा शालतोड़ा र छतनामा तृणमूल कंग्रेसले भाजपालाई पछाऱ्यो। त्यसपछिदेखि नै यी दुई विधानसभा क्षेत्रका विधायकहरूलाई लिएर पार्टी कार्यकर्ताहरूमा असन्तोष बढ़्न थालेको थियो।

सूत्र अनुसार गए आइतवार साँझ शालतोड़ाका विधायक चन्दना बाउरीलाई फेरि उम्मेद्वार नबनाउने मागमा कार्यकर्ताहरूले शालतोड़ा बजारमा ऱ्याली निकाले अनि विधायकमाथि कार्यकर्ताहरूप्रति उपेक्षा गरेको आरोप लगाए। सोमवार बिहान छातनामा पनि भाजपा विधायक सत्यनारायण मुखर्जीविरूद्ध पोस्टर टाँसेर उनलाई उम्मेद्वार नबनाउने माग गरियो।

सोमवार बिहान भाजपा जिल्ला नेता सब्यसाची रायले यस विद्रोहलाई तुच्छ तथा नाटकको संज्ञा दिँदै भने, ऱ्याली गरिरहेका मानिसहरू तृणमूल समर्थक हुन्, यसको भाजपासित कुनै सरोकार छैन। जबकि तृणमूल सांसद अरूप चक्रवर्तीले कटाक्ष गर्दै भने, पश्चिम बंगालमा भाजपाका विधायकहरूविरूद्ध जनतामा असन्तोष स्पष्ट रूपमा देखिँदैछ। यो गुटबन्दीको परिणाम हो।

शालतोड़ाका विद्रोही नेता सौरभ ब्यनर्जीले भने, चन्दना बाउरीलाई यदि पुनः उम्मेदवार बनायो भने असन्तोष फैलिनेछ। कार्यकर्ताहरूले उनलाई जिताउनमा मिहेनत गरे, तर जितेपछि उनी हाम्रो पक्षमा कहिल्यै उभिएनन्। हामीले यहाँ भाजपालाई जिताउनको लागि नयाँ उ्म्मेद्वार चाहिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande