
मेदिनीपुर, 16 मार्च (हि.स.) । पश्चिम मेदिनीपुरको मेदिनीपुर सदर औ झाड़ग्राम ब्लकमा गत 12-देखि 15 मार्चसम्म देखिएको विशालकाय हात्तीहरूको आतंकले ग्रामीणहरू हैरान भएका छन्। गए आइतवार अबेर रातीदेखि सोमवार भोरसम्म हात्तीहरूले बेलिया, जमुनी औ शिवपुर जस्ता गाउँको आवासीय क्षेत्रमा पसेर तीन वटा घरलाई भत्काइदियो भने लगभग सय बिघा धान, सब्जी र दालको फसललाई पूर्ण रूपले नष्ट गरिदियो।
स्थानीय सूत्र अनुसार झाड़ग्राम रेञ्ज तथा गुड़गुड़ीपाल क्षेत्रको जंगलबाट आएका हात्तीहरू राती एक बजे गाउँमा पसे। डुमुरकोटा ग्राममा सत्यजित महतोको घरलाई भत्काइदियो भने खड़ीकाशुकी ग्राममा नीलिमा धरको घरको भित्ता भत्काएर चार बोरा धान खायो। यसरी नै लक्ष्मीकान्त महतोको घरलाई पनि नोक्सान पुऱ्यायो।
ग्रामीणहरूले सोमवार बिहान आठ बजे आक्रोशमा आएर बेलिया क्षेत्रको मेदिनीपुरदेखि झाड़ग्राम जाने मुख्य सड़कलाई जाम गरेर विरोध प्रदर्शन गरे जसबाट घण्टौसम्म यातायात प्रभावित भयो। उनीहरूको भनाइ छ, हात्तीहरूको आतंकले उनीहरूको जीवन तथा खेती दुवैलाई खतरा छ।
घटनाको सूचना पाउनसाथ वन विभाग र पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। वन कर्मीहरूले ग्रामीणहरूलाई आश्वासन दिए, क्षतिपूर्ति गरिनेछ अनि हात्तीहरूलाई चाँड़ै नै सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ। त्यसपछि मात्र ग्रामीणहरूले सड़कबाट विरोध प्रदर्शनलाई हटाए।
ग्रामीणहरूले वन विभाग समक्ष माग राखेका छन्, हात्तीहरूलाई आवासीय क्षेत्रबाट तुरून्तै हटाइयोस्। चाँड़ै नै उचित क्षतिपूर्ति गरियोस्।
क्षेत्रमा स्थायी सुरक्षा घेरा जस्तै सोलर फेन्सिंग जड़ान गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा