पुलिसले चोरेको र हराएको मोबाइलहरू जफत गरी मालिकहरूलाई फर्काइदियो
पुलिसले चोरेको र हराएको मोबाइलहरू जफत गरी मालिकहरूलाई फर्काइदियो


सिलगढ़ी, 16 मार्च (हि.स.)। सिलगढ़ी थानाको पुलिसले चोरेको तथा हराएका 54 वटा मोबाइल फोनहरूलाई जफत गरी त्यसका वास्तविक मालिकहरूलाई फर्काइदियो। जफत गरिएका यी फोनहरूको बजार मूल्य लगभग 12 लाक रुपियाँ रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार बितेको एक वर्षभित्रमा सिलगढ़ी शहरमा मोबाइल फोन चोरी तथा हराएको सयभन्दा अधिक घटनाहरू घटेका थिए। यी मामिलाहरूलाई गम्भीर रूपमा लिएर सिलगढ़ी थानाको पुलिसले शहरका विभिन्न क्षेत्रहरूमा लगातार छापा माऱ्यो। छापामारीको क्रममा पुलिसले अलग-अलग स्थानहरूबाट चोरेका वा हराएका 54 वटा मोबाइल फोनहरूलाई जफत गऱ्यो। सोमवार थानामा एक विशेष कार्यक्रम आोजना गरी सबै फोनहरू त्यसका वास्तविक मालिकहरूलाई सुम्पिइयो।

मोबाइल फिर्ता पाउँदा हर्ष व्यक्त गर्दै कतिपय मानिसहरूले बताए, उनीहरूको फोन लगभग एक वर्षअघि, 6-7 महिनाअघि हराएको थियो। उनीहरूले फोन फिर्ता पाउने आशा मारिसकेका थिए। तर पुनः फोन हातमा पर्दा उनीहरूले हर्षित हुँदै सिलगढ़ी पुलिसप्रति आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande