भाजपाको सूचीमा खड़गपुरका विधायक हिरण्मय चट्टोपाध्यायको नाम छैन, दिलीप घोषको नाम आएकोमा चर्चा चुलियो
भाजपाको सूचीमा खड़गपुरका विधायक हिरण्मय चट्टोपाध्यायको नाम छैन, दिलीप घोषको नाम आएकोमा चर्चा चुलियो


खड़गपुर, 17 मार्च (हि.स.)। विधानसभा चुनाउको मिति घोषणा भएपछि जिल्लाका 15 वटा सीटमध्ये 12 वटा सीटमा भारतीय जनता पार्टी (भाजपा)-ले आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। तर उक्त् सूचीमा हिरण्मय चट्टोपाध्यायको नाम उल्लेख छैन जो वर्तमानम खड़गपुर सदरबाट विधायक हुन्।

खड़गपुर सीटबाट पार्टीले फेरि एकपटक दिलीप घोषलाई उम्मेद्वार बनाएको छ। यसपूर्व वर्ष 2016-को विधानसभा चुनाउमा पनि दिलीप घोषलाई यसै सीटबाट टिकट दिइएको थियो जतिबेला उनको जीत भएको थियो। यसरी नै वर्ष 2021-को विधानसभा चुनाउमा जीत हासिल गरी विधायक भएका हिरण्मय चट्टोपाध्यायलाई टिकट नदिइएको घटनालाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।

निर्वाचन आयोगद्वारा चुनाउ कार्यक्रम घोषित गरिएको तुरून्तैपछि भाजपाले जिल्लाका 15 वटा विधानसभा सीटमध्ये 12 वटा सीटको लागि उम्मेद्वारहरूको पहिलो सूची जारी गऱ्यो। तर यस सूचीमा खड़गपुर वर्तमान विधायक हिरण्मय चट्टोपाध्यायको नाम उल्लेख नरहेको कारणले जिल्लाको राजनीतिमा विभिन्न अड़कलहरू लगाइँदैछ।

पार्टी सूत्र अनुसार हाल तीन वटा सीटको लागि उम्मेद्वारहरूको नाम घोषणा हुन बाँकी छ। यस स्थितिमा राजनीतिक पर्यवेक्षकहरूको मान्यता छ, रहल सीटहरूमा कुनै एउटामा हिरण्मय चट्टोपाध्यायलाई उम्मेद्वार बनाउनसक्छ। उम्मेद्वारहरूको पहिलो सूचीमा नाम नभए पनि पार्टी कार्यकर्ता तथा समर्थकहरूमा उनले टिकट पाउनेमा भरोसा कायम छ।

मंगलवार बिहान सात बजे खड़गपुरमा मर्निंग वक अवधि हिरण्मय समर्थकहरूको एक समूहले केन्द्रिय नेतृत्वमाथि पूर्ण भरोसा व्यक्त गरे। उनीहरूल भने, दोस्रो सूचीमा हिरण्मय चट्टोपाध्यायलाई अवश्य टिकट दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande