उत्तर प्रदेशमा सम्पत्ति विवादमा छोराले आमाबुबा, दिदी र हजुरआमाको हत्या गरे
हत्याकाण्ड स्थलमा पुलिस


बहराइच, ०२ मार्च (हि.स.)। उत्तर प्रदेशको बहराइच जिल्ला अन्तर्गत रुपईडीहा प्रहरी थाना क्षेत्रमा सम्पत्ति विवादका कारण एक युवकले आफ्नै परिवारका चार सदस्यको बन्चरोले प्रहार गरी हत्या गरेको छ। मृतकहरूमा बाबु-आमा, दिदी र हजुरआमा रहेका छन्। घटनापछि आरोपीले आफ्नै टाउकोमा इँटा हानेर आत्महत्या गर्ने प्रयाससमेत गरेको बताइएको छ।

पुलिस अधीक्षक आरएन सिंहका अनुसार, रुपईडीहा थाना क्षेत्रको बसन्तपुर रुदल (रामगाउँ) निवासी बदलूराम (६०) किसान थिए। उनका परिवारमा श्रीमती संजु (५६), छोरी पार्वती (४२), छोराहरू गुरुदेव र निरंकार तथा हजुरआमा शीतला (८०) रहेका थिए। केही वर्षअघि बदलूरामले जमिन बेचेका थिए। सोही रकम र सम्पत्तिको बाँडफाँटलाई लिएर कान्छो छोरा निरंकारसँग विवाद चलिरहेको थियो। आइतबार राति निरंकार घर आएर पैसाको माग गरे। बाबुले पैसा दिन अस्वीकार गरेपछि उनले नजिकै रहेको बन्चरोले आक्रमण गरे। बीचमा रोक्न खोज्दा उनले आमा, दिदी र हजुरआमामाथि पनि पटक-पटक प्रहार गरेका थिए।

स्थानीय बासिन्दाले उनलाई समात्न खोज्दा उनले आफ्नै टाउकोमा इँटा प्रहार गरी आफूलाई घाइते बनाएका थिए। घटनाको सूचना पाएलगत्तै पुलिस टोली घटनास्थलमा पुगेर सबै घाइतेलाई अस्पताल पुर्याएयो, जहाँ चिकित्सकले बाबु, आमा, दिदी र हजुरआमालाई मृत घोषित गरे। गम्भीर घाइते निरंकारलाई प्राथमिक उपचारपछि लखनउ पठाइएको छ।

पुलिसले घटनास्थलबाट रगत लागेको बन्चरो र एक इँटा बरामद गरेको छ। जेठा छोरा गुरुदेवको उजुरीका आधारमा हत्या मुद्दा दर्ता गरिएको छ। प्रारम्भिक जांचमा सम्पत्ति बाँडफाँटको विवाद नै घटनाको मुख्य कारण भएको खुलेको छ। थप जांच तथा कानुनी प्रक्रिया जारी रहेको पुलिसले जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande