तिनसुकियामा असम पुलिस कमाण्डो क्याम्पमाथि ग्रेनेड हमला, चार जवान घाइते
घाइते जवानहरू


तिनसुकिया (असम), २२ मार्च (हि.स.)। तिनसुकिया जिल्लाको जागुन दश माइल क्षेत्रमा रहेको असम पुलिस कमाण्डो क्याम्पमाथि आज बिहान करिब साढे २ बजी गरिएको ग्रेनेड हमलामा चार पुलिस जवान घाइते भएका छन्। क्याम्पमा पाँचवटा ग्रेनेड फालिएको थियो र त्यसपछि गोली भएको बताइएको छ।

पुलिस स्रोतहरूका अनुसार, कुनै पनि समूहले यो हमलाको जिम्मेवारी लिएको छैन। तर यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम, इण्डिपेन्डेन्ट (अल्फा‑आई) को यसमा सम्भावित हात हुनसक्ने सन्देह गरिएको छ।

पुलिस स्रोतहरूले बताएअनुसार, कमाण्डो जवानहरूले तुरुन्त कारबाही गरे। अरुणाचल प्रदेश नजिक रहेको यो तनाउपूर्ण चिया बगान भएको जिल्लामा लगभग ३० मिनेटसम्म जोरदार भिडन्त हुँदा चार जवान घाइते भए। तीमध्ये तीन जनामा हल्का चोट लागेको र एक गम्भीर रूपमा घाइते भएका छन्। सबै घाइतेहरूलाई क्याम्प नजिकैको अस्पतालमा तुरुन्त उपचार दिइएको छ। घाइते कमाण्डोहरूमा जोरहाटका चित्रंजन मिली, देवाशीष बोरा र चाबुआका रवि गर र एक अन्य जवान समावेश छन्।

पूर्वोत्तरमा सुरक्षा सम्बन्धी चिन्ता बढ्दै गएको अवस्थामा तिनसुकियामा यस्ता प्रकारका घटनाहरूको पुरानो इतिहास रहेको छ। हमला गर्नेहरूलाई खोज्न अधिकारीहरूले खोजी अभियान, नाकाबन्दी र हवाई निगरानी तिव्र पारेका छन्। तिनसुकियामा यस्तो घटना असम विधानसभा निर्वाचनको बीचमा भएपछि सुरक्षा सम्बन्धी चिन्ताहरू अझ बढेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande