प्रधानमन्त्री मोदी बने देशको सबैभन्दा लामो समयसम्म सरकार चलाउने प्रमुख
मोदी


नयाँ दिल्ली, 22 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङलाई उछिन्दै देशको सबैभन्दा लामो समयसम्म सरकार चलाउने प्रमुख बनेका छन्।

भारतीय जनता पार्टीका आईटी विभागका प्रमुख अमित मालवीयले सामाजिक सञ्जाल प्लेटफार्म एक्समा पोस्ट गर्दै पवन कुमार चामलिङले 8,930 दिन मुख्यमन्त्रीको रूपमा सेवा गरेको बताएका छन्। यसैबीच नरेन्द्र मोदीले अब मुख्यमन्त्री र प्रधानमन्त्रीको रूपमा कूल 8,931 दिन पूरा गरिसकेका छन्। यो उपलब्धीले दशकौंसम्म लगातार सार्वजनिक सेवा र नेतृत्वलाई दर्शाउँछ, उनले भने।

उनले भने, नरेन्द्र मोदीको नाममा धेरै विशिष्ट उपलब्धिहरू पनि दर्ता छन्। उनी गुजरातका सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री हुन्। साथै उनी मुख्यमन्त्रीको रूपमा सबैभन्दा लामो अनुभव भएका प्रधानमन्त्री हुन्।

अमित मालवीयले भने, नरेन्द्र मोदी स्वतन्त्रतापछि जन्मेका पहिलो प्रधानमन्त्री हुन्। यसबाहेक उनले 2014, 2019 र 2024 मा लगातार तीन पटक लोकसभा चुनाउ जितेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande