
नयाँ दिल्ली, २२ मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहार दिवसको अवसरमा बिहारका जनतालाई शुभकामना दिए र बिहारले लामो समयदेखि भारतीय सम्पदालाई गौरव र दिव्यता प्रदान गर्दै आएको बताए।
प्रधानमन्त्री मोदीले एक्समा लेखे, बिहार दिवसको अवसरमा राज्यका आफ्ना सबै परिवारजनहरूलाई अनेकानेक शुभकामना! भारतीय सम्पदालाई भव्यता र दिव्यता प्रदान गर्ने हाम्रो यो प्रदेश आज प्रगतिको नित्य नयाँ अध्याय लेख्न जुटेको छ। मलाई विश्वास छ कि विकसित बिहारसँग विकसित भारतको संकल्पलाई साकार पार्न यहाँका कर्मठ र ऊर्जावान् व्यक्तिहरूको समर्पण र सामर्थ्यले ठूलो योगदान दिनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी