
गुवाहाटी, 24 मार्च (हि.स.)। असममा विधानसभा चुनाउ- 2026 सम्पन्न हुनअघि मतदाताहरूको सहभागिता बढ़ाउनको लागि सोशल मीडिया इन्फ्लुएन्सर, प्यारा-एथलीट औ समुदाय-आधारित गतिविधिहरूलाई सामेल गर्दै विशेष पहल शुरू गरिएको छ। यो पहल चुनाउ आयोगको 'व्यवस्थित मतदाता शिक्षा एवं चुनावी सहभागिता' (स्वीप) कार्यक्रमको एक भाग हो जसको उद्देश्य मतदान गर्ने अधिकार तथा जिम्मेवारीको बारेमा जागरूकता बढ़ाउनु हो।
सबै जिल्लाहरूमा अधिकारीहरूले विभिन्न प्रकारका जागरूकता कार्यक्रमहरू आयोजना गरिरहेका छन् जसमा नुक्कड़ नाटक, रंगोली औ चित्रकला प्रतियोगिता, नारा लेखन प्रतियोगिता, डिजीटल पोस्टर अभियान, पर्खाल लेखन अभियान तथा कार्यशाला सामेल छन्। सहभागितालाई अझ व्यापक बनाउनको लागि समाचार प्रस्तुति प्रतियोगिता तथा मानिसहरूलाई जोड़्ने अन्य उपायहरू पनि गरिँदैछ।
अधिकारीहरूले बताए, यो अभियान मुख्य निर्वाचन अधिकारीको निगरानीमा संचालन गरिँदैछ ताकि मतदातहरूको सहभागितालाई प्रोत्साहित गर्न सकियोस्। एक बयानमा भनिएको छ, मतदाताहरूको सहभागिता बढ़ाउन अनि नागरिकहरूको आधारभूत लोकतान्त्रिक अधिकार एवं जिम्मेवारीहरूको बारेमा जागरूकता फैलाउनको लागि राज्यभरि नै विविध गतिविधिहरू आयोजना गरिँदैछ। कतिपय जिल्लाहरूमा मतदाताहरूसित जोड़िनका लागि स्थानीय शैलीहरूलाई अप्नाइँदैछ।
मुख्य निर्वाचन अधिकारी अनुराग गोयलले भरोसा व्यक्त गरे, यस व्यापक अभियानको परिणास्वरूप मतदाताहरूको सहभागिता बढ़्नेछ। उनले यस लोकतान्त्रिक प्रक्रियामा व्यापक रूपमा भाग लिने अपील समेत उनले जनतासित गरे। असम विधानसभाका 126 वटा सीटको लागि मतदान आगामी 9 अप्रेलमा हुनेछ जसको गणना 4 मईमा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा