
कोलकाता, 24 मार्च (हि.स.)। कोलकाताको गड़ियाको महामायातला क्षेत्र स्थित ब्यूटी पार्लरमा एक महिला र एक युवकको शव फेला परेपछि कोकोहोलो मच्चिएको छ। पुलिसले युवकले पहिले महिलाको हत्या गरेपछि आत्महत्या गरेको आशंका गरेको छ।
पुलिस सूत्रहरू अनुसार, मृत महिलाको पहिचान रुपानी दास (50) को रूपमा गरिएको छ। उनी नरेन्द्रपुर थाना अन्तर्गत महामायातलामा ब्यूटी पार्लर चलाउँन्थिन्।
मंगलवार दिउँसो एक युवकले पार्लरमा पसेर महिलामाथि धारिलो हतियारले आक्रमण गरेको खबर छ। महिला घाइते भएर लड़िन्। घटनापछि नजिकैका पसलेहरू डराएर भागे। जानकारी पाएपछि ठूलो संख्यामा पुलिस घटनास्थलमा पुग्यो र महिलालाई अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे। पार्लरभित्रबाट एक युवकको शव पनि फेला पऱ्यो।
प्रारम्भिक जानकारी अनुसार मृत युवक कश्मीरको बासिन्दा भएको बताइएको छ, यद्यपि उसको पहिचान अझै स्पष्ट हुन सकेको छैन। पुलिसले उसको पहिचान गर्ने प्रयास गरिरहेको छ।
पुलिसले प्रारम्भिक रूपमा दुई जना बीचको तनावपूर्ण सम्बन्धका कारण महिलाको हत्या गरेपछि युवकले आत्महत्या गरेको आशंका गरेको छ। दुवै शवलाई पोस्टमार्टमको लागि पठाइएको छ र अनुसन्धान जारी छ।
घटनापछि क्षेत्रमा आतंकको वातावरण बनेको छ। दिउँसो यस्तो अपराधले सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी