सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
मुख्यमन्त्रीले सोनाम पाल्जोर तामाङ र उनको पिता निमा छिरिङ तामाङलाई  भेटे


गान्तोक, 24 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोनाम पाल्जोर तामाङ र उनको पिता निमा छिरिङ तामाङलाई मिन्तोकगाङस्थित आफ्नो सरकारी निवासमा शिष्टाचार भेट गरे। रिन्छेनपोङ निर्वाचन क्षेत्रको सुल्दुङ-कामलिङ जीपीयू अन्तर्गत तिन्जरबुङ निवासी सोनाम पाल्जोर नेपालमा आयोजना भइरहेको 'मेरो कविता- द रिदम पोएट्री (सिजन 1)' को फाइनलमा पुग्न सफल बनेका छन्।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल फेसबुक पोस्टमा आज उक्त जानकारी साझा गरेका छन्। उनले सोनाम पाल्जोर तामाङ नेपालमा आयोजना भइरहेको 'मेरो कविता- द रिदम पोएट्री (सिजन 1)' को फाइनलमा पुग्न सफल बनेकोमा खुशी व्यक्त गरेका छन्। उनले सोनामलाई आगामी फाइनलमा सफलताका लागि शुभकामना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande