पश्चिम बंगालमा एसआईआरः चुनाउ आयोगले जारी गऱ्यो विचाराधिन मतदाताहरूको पहिलो पूरक सूची
पश्चिम बंगालमा एसआईआरः चुनाउ आयोगले जारी गऱ्यो विचाराधिन मतदाताहरूको पहिलो पूरक सूची


कोलकाता, 24 मार्च (हि. स.)। पश्चिम बंगालमा विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अन्तर्गत चुनाउ आयोगले विचाराधिन मतदाताहरूको पहिलो अतिरिक्त सूची जारी गरेको छ। यो सूची गए सोमवार अबेर राती लगभग 12 बज्न केही मिनट अगाड़ि प्रकाशित गरिएको हो। तथापि आयोगले अहिलेसम्म यो स्पष्ट पारेको छैन, कति वटा मामिलाहरू सुल्झाइएको छ र कति मतदाताहरूको नाम सूचीबाट हटाइएको छ।

आयोगद्वारा सूची मात्र जारी भएको पुष्टि गरिएको छ। जानकारी अनुसार यस अतिरिक्त मतदाता सूचीलाई बूथगत दुई भिन्न भागहरूमा प्रकाशित गरिएको छ। नाम हटाइएका मतदाताहरूको दोस्रो सूची पनि जारी गरिएको छ।

चुनाउ आयोगको सूत्र मुताविक मतदाताहरूले आफ्नो बूथ अनुसार अतिरिक्त सूची डाउनलोड गरेर यो जाँच गर्न सक्नेछन् कि उनीहरूकोक नाम सूचीमा छ वा छैन। तथापि सूची जारी भएपछि तकनिकी समस्याहरूको सिकायत पनि सामु आएको छ। बताइँदैछ, अधिकांश बूथहरूको अतिरिक्त सूची डाउनलोड हुन सकिरहेको छैन। यहाँसम्म कि मतदाता पहिचान पत्र संख्या (एपिक नम्बर) दर्ता गर्दा समेत नाम देखाइरहेको छैन।

यसपूर्व गत आइतवार चुनाउ आयोगले घोषणा गरेको थियो, सूची सोमवार साँझसम्ममा जारी हुनसक्छ। सोमवार मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालले एक सम्वाददाता सम्मेलनमा भनेका थिए, सूची राती नौ बजेसम्ममा प्रकाशित हुनेछ। अन्ततः अबेर राती विचाराधिन मतदाताहरूको एक भागको अन्तिम सूची जारी गरियो। तर कति मामिलालाई सुल्झाइयो र त्यसबाट कतिजनाको नाम हटाइयो, त्यसको विस्तृत आँकड़ा अहिलेसम्म जारी गरिएको छैन। पछिल्लो सूची जारी गर्दा आयोगले समग्र आँकड़ा जारी गरेको थियो, तर यसपालि यो जानकारी कहिले दिइने हो, अहिलेसम्म कुनै स्पष्टता छैन।

यसबीच आफ्नो मामिलालाई लिएर आपत्ति रहेका मतदाताहरूले ट्राइब्यूनलमा आगामी दुई तारिकदेखि अपील गर्न सक्नेछन्। पहिलो अनलाइन माध्यमबाट र दोस्रो अफलाइन माध्यमबाट। अनलाइन आवेदन चुनाउ आयोगको मोबाइल अनुप्रयोग वा आधिकारिक जालस्थलको माध्यमबाट गर्न सकिनेछ भने अफलाइन आवेदन जिल्लाधिकारी, अतिरिक्त जिल्लाधिकारी तथा महकुमा अधिकारी समक्ष गर्न सकिन्छ।

भनिन्छ, यो ट्राइब्यूनलले तत्कालै काम शुरू गर्नसक्छ। सबै अपीलहरूलाई सुल्झाइसकेपछि यस ट्राइब्यूनलको कार्यकाल समाप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande