असम राइफल्सको स्थापना दिवसमा अमित शाह समेत धेरै नेताहरूले दिए शुभकामना
असम


नयाँ दिल्ली, 24 मार्च (हि.स.)। असम राइफल्सको स्थापना दिवसमा केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाह, सामाजिक न्याय एवं सशक्तिकरण मन्त्री डा. वीरेन्द्र कुमार र हरियाणाका मुख्यमन्त्री नायब सैनीले बहादुर सैनिकहरू र उनीहरूका परिवारहरूलाई शुभकामना व्यक्त गरे। नेताहरूले पूर्वोत्तरको सिमानाको रक्षा गर्ने असम राइफल्सको साहस, अनुशासन र समर्पणलाई राष्ट्रको एकता र सुरक्षाको लागि प्रेरणाश्रोत बताए।

अमित शाहले एक्समा लेखेका छन्, असम राइफल्सका जवानहरूले पूर्वोत्तरको कठिन भूभागमा सीमाहरूको रक्षा गर्छन् र मानवीय सहयोग मार्फत समुदायहरू बीच विश्वास निर्माण गर्छन्। उनले राष्ट्रको सेवामा आफ्नो जीवन बलिदान दिने शहीद सैनिकहरूलाई पनि सम्झे।

डा. वीरेन्द्र कुमारले असम राइफल्सको 191औं स्थापना दिवसमा सैन्य कर्मीहरू, भेटेरनहरू र उनीहरूका परिवारहरूलाई शुभकामना दिए। उनले सीमाहरूको रक्षा गर्न र राष्ट्रलाई सुरक्षित गर्न वीरता, अनुशासन र समर्पणको प्रतीक असम राइफल्सले गरेको प्रयास प्रशंसनीय रहेको बताए।

मुख्यमन्त्री सैनीले असम राइफल्सलाई उत्तरपूर्वको प्रहरी बताउँदै भने, राष्ट्रको एकता, अखण्डता र सुरक्षाप्रति उनीहरूको अदम्य साहस र समर्पण प्रेरणादायी छ।

1835 मा स्थापित असम राइफल्स देशको सबैभन्दा पुरानो अर्धसैनिक बल हो। असम राइफल्स सीमा सुरक्षा, आपदा प्रबन्धन, मानवीय सहयोग र स्थानीय समुदायहरूसँग विश्वास निर्माणमा सक्रिय छ। हाल यो बल गृह मन्त्रालयको प्रशासनिक नियन्त्रण र रक्षा मन्त्रालयको सञ्चालन नियन्त्रण अन्तर्गत सञ्चालन हुन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande