एसआईआरमा नाम काटिएकाले भोटभन्दा मेरो मान्छेलाई ठूलो घात परेको छ: अनित थापा
Anit thapa


दार्जिलिङ, 24 मार्च (हि.स.)। जीटीए प्रमुख अनित थापाले एसआईआरका कारण धेरैको नाम काटिएको र यसले भोटमा भन्दा हाम्रो मान्छेलाई ठूलो घात परेको बताएका छन्। एसआईआर विषयमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिंदै जीटीए प्रमुखले उक्त कुरा बताए।

उनले भने, 'एसआईआरका कारण भोटर लिस्टबाट नाम काटिएकाले भोट नै हाल्नु पाउँदैन। यसले मतदातामाथि असर त पर्छ नै। धेरै मान्छेको नाम काटिएको छ। नाम काटिनाले भोटमा भन्दा पनि मेरो मान्छेलाई ठूलो घात परेको छ। यसले ठूलो समस्या आउनेछ।'

उनले अघि भने, 'भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीले जित्नुको निम्ति चुनाउमा लड्छ। कसैले आफै हार्नु अरूलाई उठाउँछ?'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande