असम विस चुनाउ: 818 उम्मेदवारहरूले दर्ता गराए 1,391 नामांकन पत्र
असम विस चुनाउ: 818 उम्मेदवारहरूले दर्ता गराए 1,391 नामांकन पत्र


गुवाहाटी, 24 मार्च (हि.स.)। असम विधानसभाको आसन्न आम चुनाउ- 2026 को लागि अहिलेसम्ममा 818 जना उम्मेदवारहरूले 1,391 नामांकन पत्र दर्ता गराइसकेका छन् जसले राज्यमा व्यापक राजनीतिक सहभागितालाई दर्शाउँछ।

बितेको अबेर राती जारी आधिकारिक सूचना अनुसार नामांकन पत्रको आँकड़ा संकलन गर्ने कार्य अहिले पनि भइरहेको छ। अधिकारीहरूले स्पष्ट पारेका छन्, यो आँकड़ा अस्थायी हो र अग्रिम प्रक्रियामा यसलाई परिवर्तन गर्नु सम्भाव छ।

नामांकन पत्रको जाँच प्रक्रिया पूरा भएपछि उम्मेद्वार तथा दर्ता नामांकन पत्रको अन्तिम संख्याको पुष्टि गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande