
गुवाहाटी, 24 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बासन्ती पूजा एवं चैत्र नवरात्रीको शुभारम्भको अवसरमा प्रदेसवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, शक्ति, साहस अनि आत्मविश्वासको अधिष्ठात्री माँ दुर्गाको आगमनबाट प्रकृति मात्र नभएर हाम्रो जीवनमा पनि नयाँ दिशा तथा ऊर्जाको सञ्चार हुन्छ। उनले कामना गरे, यो पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, एवं समृद्धि लिएर आओस्।
उनले आफ्नो सोशल मीडिया सन्देशमा भने, यस शुभ तिथिमा माँ दुरगाको आशीर्वाद सबैमा रहिरहोस् तथा समाजमा खुशियाली र सौहार्दपूर्ण वातावरण काम रहोस्। मुख्यमन्त्रीले आफ्नो सन्देशको समापन “जय माँ दुर्गा”- को उद्घोषसँगै गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा