बंगालमा फेरि परिवर्तन हुनेछ मौसम, हुरी-बतासको अलर्ट
बंगालमा फेरि परिवर्तन हुनेछ मौसम, हुरी-बतासको अलर्ट


कोलकाता, 24 मार्च (हि. स.)। राज्यमा हुरी-बतासको सिलसिला रोकिएपछि फेरि एकपटक मौसम बिग्रिने संकेत प्राप्त भएको छ। अलिपुर मौसम विभागले सोमवार उत्तर अनि दक्षिण बंगालको लागि मेघ गर्जनसितै वर्षा अनि तीव्र हावा चल्ने पूर्वानुमान जारी गरेको छ। मंगलवार उत्तर बंगालका केही जिल्लाहरूको लागि अरेञ्ज अलर्ट जारी गरिएको छ।

मौसम विभाग अनुसार मंगलवारदेखि नै उत्तर बंगालका दार्जीलिङ कालेबुङ, जलपाईगुड़ी, कुचबिहार औ अलिपुरदुवार जिल्लामा मेघ गर्जनसितै वर्षाको तीव्रता बढ़्नेछ भने यस अवधि हावाको गति 50-60 किलोमीटर प्रतिघण्टा पुग्नसक्छ।

मौसम वैज्ञानिकहरूले बताए, एक सक्रिय घूर्णावर्त औ अक्ष रेखाको प्रभावले बंगालको खाड़ीमा भरी मात्रामा नमी राज्यमा प्रवेश गरिरहेको छ। साथै उत्तर-पश्चिम बारतमा सक्रिय पश्चिमी विक्षोभको कारणले मौसम प्रणाली अझ बलियो भएको छ जसबाट हुरी-बतासको स्थिति उत्पन्न भएको छ।

आगामी शुक्रवार उत्तर बंगालका अधिकांश भागहरूमा सामान्यदेखि मध्यम वर्षासितै मेघ गर्जन हुने सम्भावना छ। दार्जीलिङ र जलपाईगुड़ीमा 60 किलोमीटर प्रतिघण्टासम्म्को तीव्र हावा चल्नसक्छ भने अन्य जिल्लाहरूमा हावाको गति 40-50 किलोमीटर प्रतिघण्टा रहने अनुमान छ। यस दिनको लागि यल्लो अलर्ट जारी गरिएको छ।

दक्षिण बंगालका पुरुलिया, बाँकुड़ा, झाड़ग्राम, पूर्व औ पश्चिम मेदिनीपुर, पूर्व बर्धमानमा पनि शुक्रवार तूफान तथा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। कोलकाता लगायत अन्य स्थानहरूमा 40–50 किमी प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। हुरी अनि वर्षाबीच तापमानमा पनि 4-6 डिग्री सेल्सियस वृद्धि हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande