
अलिपुरद्वार, 24 मार्च (हि.स.)। जिल्लाबाट एउटा हृदय कँपाउने घटना प्रकाशमा आएको छ। यहाँ गए अबेर राती बथानबाट एक्लिएको जंगली हात्तीले आवासीय क्षेत्रमा पसेर व्यापक उत्पात मचायो।
यस अवधि आमाको बहादुरीले गर्दा छोरीको ज्यान बच्यो। घटना जलदापाड़ाको पश्चिम रेञ्ज अधिनस्थ एक क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार हात्तीले पहिला खेतको फसललाई नष्ट बनाइदियो अनि पछि एउटा घरमा हमला गऱ्यो। टिनको भित्ता भत्काएर हात्तीले भित्र पस्ने प्रयास गर्नथाल्यो साथै घरभित्र सुतिरहेकी माध्यमिक छात्रामाथि हमला गर्ने प्रयास गर्न थाल्यो। तर उसकी आमाले अदम्य साहस देखाउँदै छोरीलाई सुरक्षित बाहिर निकालिन् जसबाट एउटा ठूलो दुर्घटना हुनदेखि बच्यो।
पछि वन विभाग र स्थानीय मानिसहरूको सहयोगले हात्तीलाई जंगलतिरै लखेटियो।
वन विभागले भनेको छ, प्रभावित परिवारलाई नियमानुसार क्षतिपूरण दिइनेछ। यो घटनाले फेरि एकपटक मानव तथा जंगली जनावरहरूबीच बढ़्दो संघर्ष तर्फ इशारा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा