
नयाँ दिल्ली, 24 मार्च (हि.स.)। बाहिरी उत्तरी दिल्लीको बवाना इण्डस्ट्रियल एरियामा आज सबेरै एउटा प्लाइवुड गोदाममा आगो लाग्यो। घटनाको सूचना बिहान लगभग 3:55 बजे दमकल विभागले प्राप्त गऱ्यो।
दमकल विभाग अनुसार आगो एन-219, सेक्टर-2 स्थित एक प्लाइवुड गोदाममा लागेको हो। यो गोदाम गंग टोली मन्दिरको छेउमा अवस्थित छ। प्रारम्भिक रूपमा तीन वटा वाटर टेण्डर, दुई वटा वाटर बाउजर तथा एउटा क्विक रेस्पन्स व्हीकल (क्यूआरवी)-लाई घटनास्थलमा पठाइयो। घटनास्थलमा पुगेको टीमले आगोलाई नियन्त्रण गर्ने प्रयास शुरू गऱ्योो, तर गोदाममा ज्वलनशील पदार्थ अधिक भएको कारणले आगो द्रूत गतिमा फैलियो। स्थितिलाई नियन्त्रण गर्नको लागि दमकल विभागलाई अतिरिक्त वाहन पठाउनु पऱ्यो।
दमकल अधिकारी अनुसार लगभग 4:15 बजे आगोको तीव्रता झन् बढ़ेको कारणले दमकल यूनिटलाई बोलाइयो। त्यसपछि 4:50 बजेसम्ममा थप 7 वटा वाहनहरूलाई बोलाइयो। दमकल टीमले कड़ा परिश्रम गरेपछि आगोलाई बिस्तारै नियन्त्रण गऱ्यो। आगो निभाउने क्रममा प्रशान्त नामक दमकल कर्मीको हातमा सामान्य चोट लाग्यो जसलाई तुरून्तै महार्षि वाल्मीकि अस्पताल, पूठमा लगियो जहाँ प्राथमिक उपचारपछि उनलाई छुट्टी दिइयो।
हाल आगलागीको कारण पत्तो लाग्न सकेको छैन। प्रारम्भिक जाँचमा शर्ट सर्किट भएको आशंका व्यक्त गरिँदैछ। दमकल विभाग र सम्बन्धित एजेन्सीले मामिलाको जाँच गरिरहेको छ। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार छैन। तर गोदाममा राखिएको सामानहरू जलेर खरानी भएको छ जसबाट लाखौं रुपियाँको नोक्सान भएको अनुमान लगाइएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा