
आसनसोल, 24 मार्च (हि.स.)। हीरापुर थाना प्रभारी करतार सिंहले गए सोमवार थाना परिसरस्थित सभागृहमा रामनवमी विषयमा एक महत्वपूर्ण शान्ति बैठक आयोजना गरे। यस बैठकमा क्षेत्रका सबै 14 वटा अखाड़ा कमिटीहरूका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा थाना प्रभारीले सबै कमिटीहरूलाई निर्देश दिए, रामनवमीको अवसरमा निकालिने शोभयात्रा शान्तिपूर्ण तथा सौहार्दपूर्म वातावरणमा सम्पन्न हुनुपर्छ। उनले स्पष्ट रूपमा भने, प्रशासनिक दिशानिर्देश कड़ाई पूर्वक अनिवार्य रहनेछ, कुनै पनि प्रकारको गड़बड़ीलाई सहन गरिनेछैन।
उनले बताए, शोभायात्रामा कुनै पनि प्रकारको अस्त्र-शस्त्रको प्रदर्शन पूर्ण रूपमा प्रतिबन्धित रहनेछ। साथै डीजे बजाउनेमाथि पनि रोक लगाइनेछ। जुलूस आप्नो निर्धारित मार्ग भएर अगाड़ि बढ़्नेछ जुन शिव स्थान मन्दिर परिसरदेखि शुरू भएर स्टेशन रोड, बारी मैदान, बस स्ट्याण्ड हुँदै पुनः शिव मन्दिरमा आएर समापन हुनेछ।
थाना प्रभारीले यो पनि जानकारी दिए, अखाड़ा कमिटीहरूसित हीरापुर थानाको नामित नोडल अदिकारीहरूले समन्वय राखेर कार्य गर्नेछन् ताकि आयोजन सुचारू रूपमा सम्पन्न हुन सकोस्।
बैठकमा सबै प्रतिनिधिहरूसित अपील गरियो, कुनै पनि प्रकारको आपत्तिजनक गीत वा सामग्रीको उपयोग नगरियोस् जसबाट कसैको साम्प्रदायिक भावनामा ठेस नपुगोस्। रामनवमीको अवसरमा धार्मिक झण्डाहरूको मात्र प्रदर्शन गरियोस्। कुनै पनि राजनीतिक दल वा ब्यानरको प्रदर्शनमाथि पूर्ण रोक लगाइनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा