यसपालि चुनाउको परिणाम ऐतिहासिक हुनेछः मुख्यमन्त्री
यसपालि चुनाउको परिणाम ऐतिहासिक हुनेछः मुख्यमन्त्री


गुवाहाटी, 24 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आसन्न विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वाधिन गठबन्धनको ऐतिहासिक जीत हुने विश्वास व्यक्त गरे।

राज्य भाजपा कार्यालयमा गए राती पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, जनताले अभूतपूर्व आशीर्वाद तथा समर्थन दिएका छन् जुन यसपालिको चुनाउमा निर्णायक तथा ऐतिहासिक विजयमा परिवर्तन हुनेछ। उनले भने, यो जनसमर्थनले सरकारको नीति तथा नेतृत्वप्रति मानिसहरूको गहिरो विश्वासलाई दर्शाउँछ।

मुख्यमन्त्रीले यो पनि भने, लगातार पानी परिरहेको भए पनि मानिसहरूको पार्टीको यात्रा अनि कार्यक्रमहरूदेखि पछि सरेका छैनन् जसले उनीहरूको उत्साह तथा प्रतिबद्धतालाई दर्शाउँछ। उनले यसलाई राज्यभरिमा बढ़्दो जनसमर्थनको स्पष्ट संकेत बताए।

विकास र प्रगतिप्रति प्रतिबद्धतालाई दोहोऱ्याउँदै मुख्यमन्त्रीले भने, भाजपाले जनताको यो भरोसालाई द्रूत गतिमा विकास कार्य गरेर फर्काउनेछ। यस अवसरमा उनले राज्य भाजपा मुख्यालयमा चुनावी तयारी तथा रणनीतिलाई लिएर आयोजित एक महत्वपूर्ण बैठकमा पनि भाग लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande