
इम्फाल, 24 मार्च (हि.स.) । मणिपुरमा सुरक्षा बल तथा पुलिसले संयुक्त अभियान संचालन गर्दै प्रतिबन्धित संगठनहरू क्रमैले केसीपी र केवाईकेएलका तीनजना सक्रिय क्याडरहरूलाई पक्राउ गरेको छ। यो कारबाही राज्यका विभिन्न-भिन्न जिललामा गरिएको हो।
मणिपुर पुलिस मुख्यालयद्वारा मंगलवार जारी आधिकारिक बयान अनुसार गए सोमवार संचालित पहिलो अभियानमा इम्फाल पूर्वी जिल्लाको लामलाई पुलिस थाना क्षेत्रस्थित फकनुंग क्षेत्रबाट केसीपी (नोंगद्रेनखोम्बा गुट)- का सक्रिय सदस्य आरामबम इंगोचा मैतेई उपनाम अचोउबा (26)- लाई पक्राउ गरियो जो इम्फाल पूर्वी जिल्लाको ताखेल माखा लेइकाई निवासी रहेको बताइएको छ।
यसरी नै अर्को अभियानमा यसै जिल्लाको लामलाई थाना अधिनस्थ चाना मयाई लेइकाईबाट केसीपी (अपुनबा गुट)- का सक्रिय क्याडर अथोकपम बिक्रमजीत सिंह उपनाम टोलामु (22)-लाई उसको घरबाट समातियो भने उबाट एउटा मोबाइल फोन पनि जफत गरिएको छ।
यस अतिरिक्त गत आइतवार विष्णुपुर जिल्ला अन्तर्गत नम्बोल पुलिस थानाको नम्बोल सबल लेइकाई (वार्ड नम्बर- 10)-बाट केवाईकेएलका सक्रिय सदस्य पेबम सञ्जीत सिंह उपनाम लेम्बा (41)-लाई निजी निवासबाट पक्राउ गरियो।
पुलिसले बतायो, सबै मामिलाहरूमा अग्रिम कानूनी कारबाही जारी छ साथै सुरक्षा एजेन्सीहरूले क्षेत्रमा निगरानी तथा अभियानलाई अझ गति दिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा