‘चुमा बाबा’-लाई भोट दिएर कुनै लाभ छैन: मुख्यमन्त्री
‘चुमा बाबा’-लाई भोट दिएर कुनै लाभ छैन: मुख्यमन्त्री


गुवाहाटी, 24 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शिवसागरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै विपक्षमाथि कड़ा प्रहार गरे तथा जनतासित प्रगति एवं विकासको लागि भाजपा गठबन्धनको पक्षमा मतदान गर्ने अपील गरे।

जनसभापछि गए राती प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, “चुमा बाबा”-लाई भोट दिएर कुनै लाभ हुनेवाला छैन। उनले शिवसागरका जनतासित आग्रह गरे, राज्यको दिगो विकास र स्थिर सरकारको लागि भाजपा गठबन्धनलाई समर्थन गरौं।

अखिल गोगोईद्वारा भाजपा प्रत्याशी कुशल दुवरीमाथि वगाइएको आरोपमाथि प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीले भने, यो आरोप निराधार र तथ्यहीन छ। उनले गोगोईमाथि भ्रामक राजनीति गरेको आरोप समेत लगाए।

मुख्यमन्त्रीले प्रणव बोरोको दुःखदायी मृत्युको मुद्दा उठाउँदै प्रश्न तेर्साए, यसको जिम्मेवाारी कसले लिन्छ? उनले यो पनि भने, असमका केही युवहरूको जीवन गलत राजनीतिको कारणले प्रभावित भएको छ जसको लागि जिम्मेवार मानिसहरूलाई जनताले चिन्नुपर्छ।

उनले भने, “शिवसागरका जनता स्वयंले तय गर्नेछन् कि को योग्यको छ, उसैलाई भोट दिने।” उनले मतदाताहरूको बुझाईमाथि विश्वास व्यक्त गरे। यसरी नै भाजपा नेता दिलीप सौकियाले दाबी गरे, यसपालि शिवसागरका जनता अखिल गोगोईबाट राहत चाहन्छन् जसबाट क्षेत्रको राजनीतिक परिवेश परिवर्तन हुने संकेत प्राप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande