असममा परिवार नियन्त्रित सरकार छः गौरव गोगोई
असममा परिवार नियन्त्रित सरकार छः गौरव गोगोई


गुवाहाटी, 24 मार्च (हि.स.)। असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी) -का अध्यक्ष गौरव गोगोईले मंगलवार असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमामाथि परिवार-नियन्त्रित सरकार संचालन गरेको तथा राज्यमा डर अनि धम्कीपूर्ण वातावरण सृजना गरेको आरोप लगाए।

गौरव गोगोईले मंगलवार मीडियासित बातचित गर्दै आरोप लगाए, डा. सरमाको शासनमा जवाफदाही र पारदर्शिता धेरै टाँड़िएको छ। गोगोईले भने, असममा भाजपा नेतृत्वाधिन सरकार अब लोकतान्त्रिक सिद्धान्तमा हिँड़िरहेको छैन। उनले दाबी गरे, यो एउटा यस्तो व्यवस्था भएको छ जसलाई डा. सरमाको परिवारको, परिवारको लागि तथा परिवारद्वारा संचालन गरिँदैछ। उनले नेतृत्वमाथि सत्तालाई आफ्नो हातमा केन्द्रित गरेको अनि जनकल्याणको सट्टा निजी हितहरूलाई प्राथमिकता दिएको आरोप समेत लगाए।

कंग्रेस नेताले आरोप लगाए, वर्तमान प्रशासन सत्तामाथि आफ्नो पकड़लाई कायम राख्नको लागि धम्कीहरूको राजनीतिमाथि निर्भर छ। गोगोईले भने, सोशल मीडियामा एउटा पोस्ट गरेकै कारणले मानिसहरूलाई पक्राउ गरिँदैछ। यो असम होइन, असमका मानिसहरू होइनन्। गोगोईले आगामी विधानसभा चुनाउलाई असमका मानिसहरूको लड़ाईँ बताउँदै अझ भने, कंग्रेसको लक्ष्य एउटा यस्तो सरकार बहाल गर्नु हो जसले जनताको प्राथमिकता अनुरूप संचालन होस् जहाँ खर्च र नीतिहरूमाथि फसेला राजनीतिक हितको सट्टा नागरिकहरूको आवश्यकताको धारमा लिइयोस्।

गोगोईले भाजपामा केही पूर्व कंग्रेस नेताहरूको उपस्थितिमाथि प्रश्न उठाउँदै आरोप लगाए, केही नेताहरू जसको एक समयमा उनीहरूको कामले गर्दा आलोचना हुन्थ्यो, अहिले डा. सरमाको नेतृत्वमा भाजपामा सामेल भइसकेका छन्। भाजपाको प्रदेश मुख्यालय अब केही पूर्व कंग्रेसीहरूको अनुहारले भरिएको छ। वास्तवमा भाजपाले असममा धरतालीय स्तरमा आफ्नो मूल पहिचान गुमाइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande