
बाक्सा (असम), 24 मार्च (हि.स.)। असमको बाक्सा जिल्ला कारावासबाट एउटा आश्चर्यको घटना प्रकाशमा आएको छ जहाँ ड्यूटीमा तैनाथ एकजना पुलिस जवानले गए राती कथित रूपमा आत्महत्या गर्ने प्रयास गरे।
सूत्र अनुसार जवानले कारावास परिसरभित्र आफ्नो सर्भिस राइफलले आफैमाथि गोली दागेर आत्महत्या गर्ने प्रयास गरे। यस घटनापछि सम्पूर्ण जेल परिसरमा कोकोहोलो मचियो।
घाइते जवानको पहिचान गुञ्जित बैश्यको रूपमा भएको छ जसलाई उपचारको निम्ति तुरून्तै अस्पतालमा लगियो र पछि गुवाहाटीस्थित एम्समा भर्ती गरियो जहाँ तिनको उपचार भइरहेको छ।
प्रारम्भिक जानकारी मुताविक जवान बजाली जिल्लाको बाघमारा निवासी हुन्। घटना पछाड़िको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। पुलिसले गहन अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा