आन्ध्र प्रदेशमा भीषण सड़क दुर्घटना-10 यात्रुको जलेर मृत्यु, 20 भन्दा धेरै घाइते
बस


हैदराबाद, 26 मार्च (हि.स.)। आन्ध्र प्रदेशको मार्कपुरम जिल्लामा बिहिवार बिहान एउटा भयानक सड़क दुर्घटना भयो। तीव्र गतिमा गुड़िरहेको टिप्पर ट्रक एउटा निजी बससँग ठोक्किँदा दुई सवारी साधनमा ठूलो आगो लाग्यो। दश जना यात्रुको घटनास्थलमै मृत्यु भयो भने धेरै जना गम्भीर घाइते भए। मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ।

पुलिसबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार, दुर्घटना बिहान 6 बजीदेखि 6.30 बजीबीच रायावरम गाउँ नजिकै भयो। हरिकृष्ण ट्राभल्स स्वामित्वको निजी बस तेलंगानाको निर्मलबाट आन्ध्र प्रदेशको नेल्लोर जाँदैथियो।

मार्कपुरमका एक वरिष्ठ पुलिस अधिकारीले बस मोड्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको तीव्र गतिको टिप्पर ट्रकले ठक्कर दिएको बताए। ठक्कर यति गम्भीर थियो कि दुवै सवारी साधनमा तुरुन्तै आगो लाग्यो, जसले गर्दा यात्रुहरू बाहिर निस्कन सकेनन्।

अहिलेसम्म 10 जना यात्रुहरू जिउँदै जलेको पुष्टि भएको छ र मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ। घाइते भएका लगभग 20 जना यात्रुलाई मार्कपुरमका निजी अस्पतालहरूमा भर्ती गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनाको समय बसमा लगभग 40 जना यात्रुहरू सवार थिए। बसको अगाड़ीका लगभग 10 जना यात्रुहरू भाग्न सफल भए तर पछाड़ीका यात्रुहरू आगोमा फसे।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले घटनाप्रति गहिरो शोक र दुःख व्यक्त गरे। मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, मुख्यमन्त्रीले वरिष्ठ अधिकारीहरूसँग कुरा गरेर स्थितिको समीक्षा गरे। उनले घाइतेहरूलाई सर्वोत्तम चिकित्सा सहायता प्रदान गर्न निर्देश दिएका छन्।

स्थानीय विधायक कन्दुला नारायण रेड्डीले पनि घटनास्थलको भ्रमण गरे र राहत कार्यहरूको समीक्षा गरे। पुलिसले अझै पनि दुर्घटनाको सही कारण र मृतकहरूको पहिचानको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande