
नयाँ दिल्ली, 26 मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार आन्ध्र प्रदेशको मार्कापुरम जिल्लामा भएको भयानक सड़क दुर्घटनामा शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट 2 लाख रुपियाँ र घाइतेका लागि 50 हजार रूपियाँको सहायता घोषणा गरेका छन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरेकी छन्, आन्ध्र प्रदेशको मार्कापुरम जिल्लामा भएको दुःखद बस दुर्घटनाबारे थाहा पाउँदा म अत्यन्तै दुःखी छु। म शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। मेरो समवेदना र प्रार्थना उनीहरूको साथमा छ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उपराष्ट्रपति सीपी राधाकृष्णनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, आन्ध्र प्रदेशको मार्कापुरम जिल्लामा भएको दुःखद बस दुर्घटना अत्यन्तै पीड़ादायी छ। यस दुःखद घड़ीमा मेरो समवेदना शोकसन्तप्त परिवारहरूसँग छ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि र यस त्रासदीबाट प्रभावित सबैको लागि प्रार्थना गर्दछु।
प्रधानमन्त्री कार्यालयबाट एक पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, आन्ध्र प्रदेशको मार्कापुरममा भएको दुर्घटना अत्यन्तै दुःखद छ। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो गहिरो समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि म भगवानसँग प्रार्थना गर्दछु।
पोस्टमा थप भनिएको छ, प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई ₹2 लाखको अनुग्रह प्रदान गरिनेछ जबकि घाइतेहरूलाई ₹50 हजार रूपियाँ प्राप्त हुनेछ।
आन्ध्र प्रदेशको मार्कापुरममा बिहिवार बिहान एक तीव्र गतिको टिप्पर ट्रक र एक निजी बस आपस्तमा ठोक्किएपछि दुवै गाड़ीमा भीषण आगो लाग्यो। दश जना यात्रुहरू घटनास्थलमै जलेर मृत्यु भयो भने धेरै जना गम्भीर घाइते भए। घटनाको जानकारी पाएपछि स्थानीय प्रशासन र राहत टोलीहरू घटनास्थलमा पुगे र उद्धार कार्य शुरु गरे। घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा भर्ती गराइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी