(अपडेट) आन्ध्र प्रदेश सड़क दुर्घटनामा 14 जनाको मृत्यु, 23 घाइते
एपी


मार्कापुरम, 26 मार्च (हि.स.)। आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै बिहवार बिहान एउटा तीव्र गतिको टिप्पर ट्रक एक निजी बससँग ठोक्किँदा भीषण आगो लाग्यो। यस दुर्घटनामा 14 यात्रुको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन्।

मार्कापुरमका पुलिस अधीक्षक (एसपी) वी हर्षवर्धन राजुले 14 जनाको मृत्यु भएको र चालक सहित 23 जना घाइते भएको बताएका छन्।

पुलिसबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार, बिहान 6 देखि 6.30 बजीबीच रायावरम गाउँ नजिकै दुर्घटना भयो। हरिकृष्ण ट्राभल्स स्वामित्वको निजी बस तेलंगानाको निर्मलबाट आन्ध्र प्रदेशको नेल्लोर जाँदैथियो।

मार्कापुरमका एक वरिष्ठ पुलिस अधिकारीले बस मोड लिने क्रममा विपरीत दिशाबाट आइरहेको तीव्र गतिको टिप्पर ट्रकले ठक्कर दिएको बताए। ठक्कर यति भीषण थियो कि दुवै गाड़ीमा तुरुन्तै आगो लाग्यो, जसले गर्दा यात्रुहरू बाहिर निस्कन सकेनन्।

दुर्घटनाको समय बसमा लगभग 40 जना यात्रु सवार थिए। बसको अगाड़ीका लगभग 10 जना यात्रुहरू भाग्न सफल भए तर पछाड़ीका यात्रुहरू आगोमा फसे।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले घटनाप्रति गहिरो शोक र दुःख व्यक्त गरे। मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, मुख्यमन्त्रीले वरिष्ठ अधिकारीहरूसँग कुरा गरेर स्थितिको समीक्षा गरे। उनले घाइतेहरूलाई सर्वोत्तम चिकित्सा सहायता प्रदान गर्न निर्देश दिएका छन्।

स्थानीय विधायक कन्दुला नारायण रेड्डीले पनि घटनास्थलको भ्रमण गरे र राहत कार्यहरूको समीक्षा गरे। पुलिसले अझै पनि दुर्घटनाको सही कारण र मृतकहरूको पहिचानको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande