चिप्स फ्याक्ट्रीमा आगलागी, दमकलले समयमै नियन्त्रण गऱ्यो
चिप्स फ्याक्ट्रीमा आगलागी, दमकलले समयमै नियन्त्रण गऱ्यो


कोलकाता, 26 मार्च (हि.स.)। दक्षिण 24 परगना जिल्लाको भांगड़ थाना अन्तर्गत चण्डीपुर क्षेत्रमा बिहिवार बिहान एक चिप्स फ्याक्ट्रीमा अचानक आगो लाग्यो। यस घटननाको कारण क्षेत्रमा कोकोहोलो मचियो। सूचना पाएर घटनास्थलमा पुगेको दमकल टीमले समयमै आगोलाई नियन्त्रित गऱ्यो जसबाट ठूलो दुर्घटन हुनदेखि बच्यो। यस घटनामा कुनै किसिमको जनहानि भएको समाचार प्राप्त भएको छैन।

स्थानीय सूत्र अनुसार बिहान फ्याक्ट्रीमा काम गर्न आएका श्रमिकहरूले फ्याक्ट्रीभित्रबाट धुँवा र आगो बलिरहेको देखे। तुरून्त भांगड़ थानालाई सूचना दिइयो। पुलिसले पनि तत्कालै दमकल विभागलाई सूचना दियो जसपश्चात घटनास्थलमा दमकलको एउटा वाहन आएर आगो निभाउनमा जुट्यो। दमकल कर्मीहरूको तत्परताले आगोलाई चाँड़ै नियन्त्रण गरियो।

प्रारम्भिक जाँचमा मानिँदैछ, आगोको शुरूआत शर्ट सर्किटबाट भएको हो। सही कारण पत्तो लगाउनको लागि भांगड़ थानाको पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande