
खरसाङ, 26 मार्च (हि.स.)। खरसाङमा घरेलु ग्यासको आपूर्ति समस्या लिएर स्थानीय ग्यास एजेन्सीका मालिकसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले भेटघाट गरेको छ। यस प्रतिनिधि टोलीलाई पार्टीका केन्द्रिय उपाध्यक्ष सुवास प्रधानले अगुवाई गरेका थिए। उपभोक्ताहरूले दिन प्रतिदिन घरेलू ग्यासको समस्या झेल्नु परिरहेको कारण बुझ्न ग्यास एजेन्सीको मालिकसित भेटघाट गरिएको बताइएको छ।
उपाध्यक्ष सुवास प्रधानले खरसाङका जनतालाई ग्यास प्राप्त गर्न भइरहेको समस्या भइरहेको छ भने एउटा सिलिन्डरकाे निम्ति बिहानदेखि लाइन लाग्नु पर्ने अवस्था रहेको बताए। अर्कातिर, भरियाहरुले एकसाथ 10-12 वटा सिलिन्डर कसरी लाँदैछन् भनी उनपले प्रश्न गरे।
ग्यास एजेन्सीका मालिकहरूले वर्तमानमा अन्तरराष्ट्रिय स्तरमा चलिरहेका युद्धले गर्दा ग्यास आपूर्तिमा सामान्य समस्या भएको बताए। यद्यपि, सरकारद्वारा जारी गरिएको सूचना बमोजिम ग्यास वितरण भइरहेको उनीहरूले बताए। तर, कतिपय भ्रामक जानकारीका कारण जनसाधारणमा ग्यास पाउँदैन भन्ने भयले गर्दा यस्तो स्थिति उत्पन्न उनीहरूको भनाइ रहेको छ। उनीहरूले खरसाङमा ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेको पनि बताए।
हिन्दुस्थान समाचार / हनोक