
खरसाङ, 26 मार्च (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाले बिहिवार तीनधारे क्षेत्रमा आफ्नो चुनाउ प्रचार गरेका छन्। तीनधारे महानदी मण्डल अन्तर्गत बुथ नम्बर 252 मा बुथ अध्यक्ष सुरेश बम्जन, शक्ति केन्द्र प्रमुख तथा पार्टीका अन्य कार्यकर्ताहरूसँग भेटघाट तथा विचार-विमर्श सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।
यस भेटघाटको क्रममा संगठन सुदृढीकरण, आगामी कार्यक्रमहरू तथा जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ। यसावधि कार्यकर्ताहरूको उत्साह, समर्पण र एकताले अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक