धैरै वर्षपछि महानदीसम्म आइपुग्यो मालगाडी
Toy train


खरसाङ, 26 मार्च (हि.स.)। दार्जिलिङ पहाडमा कुद्ने धेरै पुरानो दार्जिलिङ हिमालयन रेलवेको मालगाडी ट्रायल अन्तर्गत तीनधारेदेखि महानदी रेलवे स्टेशनसम्म आइपुग्यो। ट्रायलको क्रममा महानदीसम्म आइपुगेको मालगाडीको दुईवटा डिब्बा 1943 र 1944 सालमा तीनधारेमा बनिएको जानकारी प्राप्त भएको छ। मालगाडीको दुईवटा डिब्बा लिएर आएको वाष्पचालित इञ्जिन पनि 1925 सालमा तीनधारेमा बनिएको बताइएको छ।

बिहिबार महानदी रेलवे स्टेशनसम्म आइपुगेको मालगाडी देखेर स्थानीयहरु छक्क परेका थिए। स्थानीय मानिसहरुले धेरै वर्षपछि आएको मालगाडीको फोटो र भिडियोहरु लिइरहेको देखियो। यस विषयमा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीसित कुराकानी गर्दा उनले यो मालगाडीको आज ट्रायल रहेको र यो मालगाडी धेरै पुरानो समयको रहेको बताए।

उनले यो मालगाडीको ट्रायल गर्नुको मुख्य उद्देश्य आगामी 30 मार्चको दिन रंगटङ्गदेखि तीनधारेसम्म दुईवटा मालगाडी विदेशी पर्यटकहरुले रिजर्व गरेको र उक्त दिनको लागि यो मालवाहक रेलगाडी तीनधारेदेखि महानदी रेलवे स्टेशनसम्म कुदाइएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande