असममा निर्वाचन अधिकारी तथा पुलिस अधिकारीहरूसित चुनाउ आयोगको समीक्षा एवं प्रशिक्षण बैठक आयोजित
असममा निर्वाचन अधिकारी तथा पुलिस अधिकारीहरूसित चुनाउ आयोगको समीक्षा एवं प्रशिक्षण बैठक आयोजित


गुवाहाटी, 26 मार्च (हि.स.)। आसन्न 9 अप्रेलमा हुने असम विधानसभाको आम चुनाउलाई मध्यनजर गर्दै भारत निर्वाचन आयोगले असमका जिल्ला निर्वाचन अधिकारीहरू, पुलिस अधीक्षकहरू, वरिष्ठ पुलिस अधीक्षकहरू, पुलिस आयुक्तहरू औ अन्य अधिकारीहरूसित अनलाइन माध्यमबाट समीक्षा एवं प्रशिक्षण बैठक आयोजना गऱ्यो।

बितेको राति जारी एक आधिकारिक बयान अनुसार बुधवार सम्पन्न भएको यस बैठकमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारद्वारा गत 18 फरवरीको दिन असम भ्रमणावधि दिइएको त्यस आश्वासनलाई दोहोऱ्याइयो जसमा उनले भनेका थिए, चुनाउ हिंसा, भय औ प्रलोभनबाट मुक्त वातावरणमा आयोजना गरिनेछ ताकि हरेक मतदाताले भय मुक्त भएर पक्षपात रहित आफ्नो मताधिकार प्रयोग गर्न सकोस्।

आयोगका वरिष्ठ अधिकारीहरूले जिल्ला प्रशासन तथा कानून-व्यवस्थासित जोड़िएका अधिकारीहरूको तयारीको समीक्षा गरे। बैठकमा मतदान केन्द्रहरूमा न्यूनतम सुविधाहरू सुनिश्चित गर्ने, ईभीएम प्रबन्धन, लोजिस्टिक्स, चुनावी कर्मीहरूको प्रशिक्षण, जफती कारबाही, कानून-व्यवस्था, मतदाता जागरूकता औं प्रचार-प्रसार कार्यक्रमहरूमाथि पनि विस्तृत चर्चा गरियो।

बैठकमा यस कुरामाथि बल दिइयो, प्रत्येक प्रिजाइडिंग अधिकारीले मतदान समाप्त भएपछि उपस्थित सबै चुनाउ एजेन्टहरूलाई मतदान लेखा विवरण युक्त ‘फारम 17सी’ -को हस्ताक्षरित प्रति उपलब्ध गराउन सुनिश्चित गरून्।

अधिकारीहरूलाई निर्देश दिइयो, प्रिजाइडिंग अधिकारीहरूलाई उचित प्रशिक्षण दिइयोस् तथा प्रत्येक दुई घण्टाको अन्तरालमा अनि मतदान समाप्तिपछि ‘ईसीआईनेट’ एपको माध्यमबाट मतदान प्रतिशतको जानकारी अपलोड गरियोस्।

जिल्ला निर्वाचन अधिकारीहरूलाई यो पनि निर्देशित गरियो, मतदान हुन न्यूनतम पनि पाँच दिनअघि सबै मतदाताहरूबीच ‘भोटर सूचना पर्ची’ वितरण गरियोस् तथा प्रत्येक परिवारलाई ‘भोटर गाइड’ उपलब्ध गराइयोस्। साथै दृष्टिबाधित मतदाताहरूको सुविधाको लागि ब्रेल युक्त भोटर सूचना पर्ची उपलब्ध गराउने जानकारी पनि दिइयो।

बैठकमा यो पनि निर्देश दिइयो, उम्मेद्वार तथा राजनीतिक दलहरूद्वारा प्रचार गतिविधिहरूको लागि ‘ईसीआईनेट’- को ‘सुविधा’ मोड्यूलको माध्यमबाट मागिएको अनुमतिहरूलाई 24 घण्टाभित्रमा निष्पक्ष तथा पारदर्शी ढंगमा ‘पहिला आऊ-पहिला पाऊ’- को आधारमा सुल्झाइयोस्। यस अतिरिक्त राज्यका नदी तटीय औ चर क्षेत्रहरूमा अवस्थित मतदान केन्द्रहरूको लागि पर्याप्त सुरक्षा अनि बचाउ व्यवस्था सुनिश्चित गर्नेमाथि पनि बल दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande