कोरिडांग उपचुनाउको लागि नागाल्याण्डमा मतदाताहरूको वेतन सहित अवकाश घोषित
कोरिडांग उपचुनाउको लागि नागाल्याण्डमा मतदाताहरूको वेतन सहित अवकाश घोषित


कोहिमा, 26 मार्च (हि.स.)। नागाल्याण्ड सरकारले मोकोकचुंग जिल्लाको कोरिडांग विधानसभा क्षेत्रमा हुन गइरहेको उपचुनाउलाई मध्यनजर गर्दै आगामी 9 अप्रेलको दिन मतदाताहरूको लागि वेतन सहित अवकाश घोषणा गरेको छ ताकि उनीहरूले आफ्नो मताधिकार प्रयोग गर्न सकुन्।

आधिकारिक सूत्रले बिहीवार बतायो, जारी अधिसूचना अनुसार यो अवकाश सरकारी कार्यालय, ब्यांक, वित्तीय संस्थान, निजी प्रतिष्ठान तथा औद्योगिक एकाईहरूमा कार्यरत कर्मचारीहरू सहित दैनिक वेतनभोगी र आकस्मिक श्रमिकहरूमाथि पनि लागू हुन्छ। शिफ्टमा काम गर्ने चर्मचारी तथा क्षेत्र बाहिर कार्यरत मतदाताहरू पनि यसको घेराभित्र पर्दछन्।

अधिसूचनामा स्पष्ट रूपमा बताइएको छ, आफ्नो निर्वाचन क्षेत्रदेखि बाहिर कार्यरत मतदाताहरू पनि यस सुविधाका पात्र हुनेछन्। तथापि यस्ता मामिलाहरूमा जहाँ कुनै कर्मचारीको अनुपस्थितिले संस्थालाई गम्भीर नोक्सान वा खतरा हुनसक्छ, त्यहाँ यो प्रावधान लागू हुने छैन।

यसैबीच राज्यपालले वित्तीय वर्षको समापनलाई मध्यनजर गर्दै आगामी 28 मार्चमा कोहिमास्थित सरकारी कार्यालयहरूको लागि कार्य दिवस घोषित गरेका छन्। यसको साथै परक्राम्य लिखित अधिनियम, 1881 अन्तर्गत ब्यांक र वित्तीय संस्थानहरू पनि यस दिन खुल्ला रहनेछन्। सरकारले सबै विभागीय अधिकारी अनि कर्मचारीहरूको उपस्थिति सुनिश्चित गर्ने निर्देश दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande