असममा कुनै पनि अवैध बंगलादेशीले आँखा तर्न सक्दैन
असममा कुनै पनि अवैध बंगलादेशीले आँखा तर्न सक्दैन


नलबाड़ी (असम), 26 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहिवार सर्थेबारीमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) उम्मेद्वारको समर्थनमा आयोजित एक चुनावी सभामा भने, राज्यमा कुनै पनि अवैध बंगलादेशी अनुप्रवेशकारीले स्थानीय असमिया खिलञ्जिहरूलाई डर देखाने-धम्काउने हिम्मत गर्न सक्दैन।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले कड़ा शब्दमा भने, यदि कसैले यसो गर्ने प्रयास गरे सम्बन्धित व्यक्ति विरूद्ध कारबाही गरिनेछ। उनले चेताउनी दिँदै भने, पहिला पनि यस्ता तत्वाहरू विरूद्ध कड़ाई गरिएकै हो। भविष्यमा अझ् कड़ा कदम उठाइनेछ।

यस अवधि उनले असम गण परिषद (अगप) र भारतीय जनता पार्टी (भाजपा)- माझ भएको गठबन्धनलाई लिएर पनि चर्चा गरे। उनले गठबन्धनको तुलना “बुँदिया र भुजिया”-सित गर्दै भने, दुवै एका-अर्काका पूरक हुन्।

मुख्यमन्त्रीले भनने, यदि अगप चिया हो भने भाजपा त्यसमा घोलिने चिनी हो। दुवैको सही मिलानले सही स्वाद आउँछ। मुख्यमन्त्री राजग प्रत्याशीको पक्षमा प्रचार गर्न त्यहाँ पुगेका थिए। उनले राज्यका खिलञ्जि (स्थानीय)-हरूको हित रक्षाप्रति गठबन्धनको प्रतिबद्धतालाई दोहोऱ्याए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande