रामनवमीको शोभायात्रामा हतियार प्रदर्शन गरेकोमा न्यून टाउनमा तनाउ
रामनवमीको शोभायात्रामा हतियार प्रदर्शन गरेकोमा न्यून टाउनमा तनाउ


कोलकाता, 26 मार्च (हि.स.)। रामनवमीको अवसरमा बिहीवार न्यून टाउनमा निकालिएको शोभयात्रा अवधि तनाउपूर्ण स्थिति उत्पन्न भयो। शोभायात्रामा हतियार प्रदर्शित गरेको आरोप उठेपछि पुलिसले जुलूसलाई रोक्यो जसबाट घटनास्थलमा रड़ाँको मचियो।

प्राप्त जानकारी अनुसार न्यू टाउनस्थित राम मन्दिरदेखि रामनवमीको शोभायात्रा निकालिँदैथ्यो। यसै अवधि केही मानिसहरूले तरवार ल्याएको सिकायत प्राप्त भयो। त्यसपछि न्यू टाउन र बिधान नगर पुलिसको संयुक्त टीमले जुलूसलाई अगाड़ी बढ़्न दिएन। पुलिसको भनाइ थियो, हतियार बोकेर यस प्रकारको शोभायात्रा निकाल्ने अनुमति दिन सकिँदैन।

यसावधि राजारहाट-न्यू टाउन विधानसभा क्षेत्रबाट भाजपा उम्मेद्वार पीयूष कनोड़िया पनि शोभायात्रामा उपस्थित थिए। उनले पुलिससित बातचित गरेर शोभायात्रालाई अगाड़ी बढ़ाउने चेष्टा गरे तर पुलिस आफ्नो निर्णयमा अडिग बस्यो। यसलाई लिएर केही समयसम्म दुवै पक्षबीच चर्को बहस भयो। तथापि पछि स्थिति सामान्य भएपछि शोभायालाई अगाड़ी बढ़्न दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande